default_image

4 years ago

December 8, 2019

अपराजित लिभरपुलको ११ अंकको अग्रता, टोटेनहमको फराकिलो जित

एजेन्सी – प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । शनिबार राति एफसी बर्नमाउथमाथि ३–० को जित निकालेसँगै लिभरपुलले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको हो । शीर्षस्थानको अपराजित रहेको लिभरपुलको १६ खेलबाट ४६ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ११ अंक बढी हो । एक खेल कम […]

39 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । शनिबार राति एफसी बर्नमाउथमाथि ३–० को जित निकालेसँगै लिभरपुलले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको हो ।

शीर्षस्थानको अपराजित रहेको लिभरपुलको १६ खेलबाट ४६ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ११ अंक बढी हो । एक खेल कम खेलेको लेस्टरको ३५ अंक छ । म्यानचेस्टर सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।

बर्नमाउथमा लिभरपुललाई जिताउन एलेक्स ओक्सलेड चेम्वरलेन, नावी केइटा र मोहम्मद सलाहले गोल गरे । लिभरपुलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल थपेको थियो ।

३५औं मिनेटमा चेम्वरलेनको गोलबाट लिभपुल खेलमा अघि बढेको थियो । ४४औं मिनेटमा नावी केइटाले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । नावीले मोहम्मद सलाहको पासमा गोल गरेका थिए ।

५४औं मिनेटमा मोहम्मद सलाहले केइटाको पासमा गोल गर्दै लिभरपुललाई ३–० को आरामदायी स्थितिमा पुर्‍याएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले सहज जित निकाल्न सफल भयो ।

यता शनिबार राति नै टोटेनहमले बर्नलीमाथि ५–० को फराकिलो जित निकालेको छ । टोटेनहमको फराकिलो जितमा कप्तान ह्यारी केनले दुई तथा लुकास मोउरा, ह्युङ मिन सन र मोउसा सिसोको गोल गरे ।

टोटेनहमले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल गर्न सफल भएको थियो । जितसँगै टोटेनहम २३ अंक जोडेर शीर्ष ६ मा उक्लिएको छ । बर्नली १८ अंकसहित १३औं स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.