default_image

4 years ago

December 8, 2019

सिटी र चेल्सीको हार

एजेन्सी – उपाधिका दावेदार म्यानचेस्टर सिटी र लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । सिटी म्यानचेस्टर युनाइटेडसँग तथा चेल्सी एभर्टनसँग पराजित भएको हो । सिटी घरेलु मैदानमै म्यानचेस्टर डर्वी भिडन्तमा २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा मार्कुस रोसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । घरेलु टोलीका निकोलस ओटामेन्डीले एक गोल […]

24 views

0 Bookmark

एजेन्सी – उपाधिका दावेदार म्यानचेस्टर सिटी र लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । सिटी म्यानचेस्टर युनाइटेडसँग तथा चेल्सी एभर्टनसँग पराजित भएको हो ।

सिटी घरेलु मैदानमै म्यानचेस्टर डर्वी भिडन्तमा २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा मार्कुस रोसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । घरेलु टोलीका निकोलस ओटामेन्डीले एक गोल फर्काए ।

युनाइटेडले खलेको ७ मिनेट भित्र नै २–० को अग्रता बनाएको थियो । २३औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गरे । २९औं मिनेटमा मार्सियालले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेपछि सिटीले युनाइटेडलाई लगातार दवावमा राखेपनि गोल गर्न अन्तिम समय कुर्नुपरेको थियो ।

८५औं मिनेटमा ओटामेन्डीले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीमाथि युनाइटेड २–१ ले विजयी हुन सफल भयो ।

प्रिमियर लिगमा सिटीको यो चौथो हार हो । हारसँगै सिटीको उपाधि यात्रा झिनो बन्दै गएको छ । सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । सिटी शीर्षस्थानको लिभरपुल भन्दा १४ तथा दोस्रो स्थानको लेस्टर सिटीभन्दा ३ अंकले पछि छ । यद्दपि लेस्टरले एक खेल कम खेलेको छ । सिटीमाथिको जितसँगै युनाइटेड २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा लन्डन क्लब चेल्सी एभर्टनसँग ३–१ ले पराजित भएको छ । एभर्टनका डोनिक कालभर्ट लेविनले दुई तथा रिचार्लीसनले एक गोल गरे । चेल्सीका माटियो कोभासिसले एक गोल फर्काए ।

हारपछि चेल्सी २९ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा एभर्टन १७ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । अर्काे खेलमा वाटफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.