default_image

4 years ago

December 10, 2019

१० खेलपछि आर्सनललाई जितको स्वाद

एजेन्सी – लन्डन क्लब आर्सनलले १० खेलपछि जितको स्वाद चाखेको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा पेस्ट ह्यामलाई ३–१ ले पराजित गर्दै १०औं खेलमा जितको स्वाद चाखेको हो ।  २५ अक्टोवरमा युरोपा लिगमा पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेयता आर्सनलले जित निकाल्न सकेको थिएन । यसक्रममा आर्सनलले ६ […]

18 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले १० खेलपछि जितको स्वाद चाखेको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा पेस्ट ह्यामलाई ३–१ ले पराजित गर्दै १०औं खेलमा जितको स्वाद चाखेको हो । 

२५ अक्टोवरमा युरोपा लिगमा पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेयता आर्सनलले जित निकाल्न सकेको थिएन । यसक्रममा आर्सनलले ६ बराबरी र ३ हारको नजिता निकालेको थियो ।

लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा आर्सनललाई जिताउन ग्याब्रियल मार्टिनेली, निकोलस पेपे र पिएरे इमरिक औवामियाङले गोल गरे । घरेलु टोलीका एंगलो ओग्वोनाले गरेको गोल सान्त्वना बन्यो । ३८औं मिनेटमा एंगलोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ९ मिनेटको अन्तरमा ३ गोल गर्दै जित निकाल्न सफल भयो । ६०औं मिनेटमा मार्टिनेलीले बराबरी गोल फर्काए ।

६६औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई खेलमा २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । जितसँगै आर्सनल २२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम १६ अंक जोडेर १६औं स्थानमा छ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.