default_image

4 years ago

December 11, 2019

लिभरपुलको दुई मिनेटमा दुई गोल!

एजेन्सी – इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।   समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

 

समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो ।

रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे । उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गर्न सफल भएको थियो ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो । लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यही समूहको अर्काे खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे । ड्रिएस मेर्टिन्सले एक गोल थपे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.