default_image

4 years ago

December 12, 2019

बायर्नसँग टोटेनहमको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो । बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । खेलको १४औं मिनेटमा किङ्सले कोमानको गोलबाट घरेलु टोलीले खेलमा […]

21 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।

बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । खेलको १४औं मिनेटमा किङ्सले कोमानको गोलबाट घरेलु टोलीले खेलमा १–० को अग्रता लियो । तर, बायर्नको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा रायनले बराबरी गोल फर्काए ।

४५औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ६४औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै बायर्नलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै बायर्न समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । अपराजित रहेको बायर्नले ६ खेलबाट १८ अंक जोडेको छ । हारका बाबजुत पनि टोटेनहमले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

यो समूहमा ओलम्पियाकोस र रेडस्टार बेलग्रेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छ । दुवै टोलीले समूह चरण पार गर्न सकेनन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.