default_image

4 years ago

December 12, 2019

जेससको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित निकालेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । एक गोलले पछि परेपछि […]

19 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित निकालेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १०औं मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । एक गोलले पछि परेपछि सिटीले घरेलु टोलीलाई दवावमा राख्दै ३४औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । ग्याब्रियल जेससले रियाद महारजेको पासमा बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा जेसस चम्किए । उनले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै ह्याटिक पुरा गरे । ५०औं मिनेटमा फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो गोल गरेका जेससले ५४औं मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

८४ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । सिटीले ६ खेलबाट १४ अंक जोडेको छ । यो समूहबाट इटालियन क्लब एटलान्टाले समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

एटलान्टाले साख्तर डोनेक्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो । एटलान्टाले ७ अंक जोड्यो । ६ अंक जोडेको साख्त र ५ अंक जोडेको डाइनामोले समूह चरण पार गर्न सकेनन् ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.