default_image

4 years ago

December 12, 2019

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल आइतबारदेखि हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिताको सातौं संस्करण आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । साविक विजेता एपीएफ रहेको प्रतियोगितामा आयोजक आर्मीसहित ८ टोली हुने भएका छन् । मंसिर २९ देखी पुष ९ सम्म चल्ने प्रतियोगितामा ३ विभागिय, २ विदेशी र ३ उत्कृष्ट प्रदेशको टोली गरि कुल ८ टोलीमा सहभागिता रहेको […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिताको सातौं संस्करण आइतबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

साविक विजेता एपीएफ रहेको प्रतियोगितामा आयोजक आर्मीसहित ८ टोली हुने भएका छन् । मंसिर २९ देखी पुष ९ सम्म चल्ने प्रतियोगितामा ३ विभागिय, २ विदेशी र ३ उत्कृष्ट प्रदेशको टोली गरि कुल ८ टोलीमा सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख, उप विजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख प्राप्त पर्ने छन् ।

सेमिफाइनलबाट बाहिरिने दुई टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक स्कुटर प्राप्त गर्ने छन् । उत्कृष्ट किपर, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि जनाउने ३ प्रदेश र दुई विदेशी टोलीलाई यातायात खर्च, खान र बासस्थानको व्यवस्था आयोजकले नै गर्ने जनाएको छ ।

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा त्रिभुवन आर्मी क्लब, प्रदेश नम्बर १, एपीएफ र सिक्किम रहेका छन् । समुह बीमा प्रदेश दुई, नेपाल पुलिस क्लब, प्रदेश ५ र भुटान रहेका छन् । समुह चरणको खेल पछि शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल पुष ७ मा हुने छ । जुन खेलमा समुह ए को विजेता र समुह बी को उप विजेता भिड्ने छन् । पुष ७ मै हुने दोस्रो सेमिफाइनलमा समुह बी को विजेताले समुह ए को उप विजेताले प्रतिस्पर्धा गर्ने छ । फाइनल पुष ९ मा हुने छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.