default_image

4 years ago

December 12, 2019

नेपाल निलोले जापानी टोलीसँग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल निलो टिमले शुक्रबार दशरथ रंगशालामा जापान फुटबल लिग (जेएफएल) यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । एन्फाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल निलो टिमले जेएफएल लिगको यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । नेपाली निलो टिममा साग […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल निलो टिमले शुक्रबार दशरथ रंगशालामा जापान फुटबल लिग (जेएफएल) यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

एन्फाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल निलो टिमले जेएफएल लिगको यु–२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । नेपाली निलो टिममा साग स्वर्ण पदक जितेका खेलाडी, सिनियर राष्ट्रिय टिमका सदस्यहरु लगायत यू-१९ समेत खेलाडी सहभागी हुनेछन् ।

जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ । यस्तै जापानी टोलीले आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

यस खेलका लागि पाहुना टोलीको सम्पूर्ण खर्च जापान फुटबल संघले बेहोरेको छ । यहि टोलीले आइतबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसँग पनि मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.