default_image

4 years ago

December 13, 2019

तीन मैत्रीपूर्ण खेलका लागि महिला यू-१९ टोली बहराइनतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर राष्ट्रिय टोलीकी मिडफिल्डर सरु लिम्बुको कप्तानीमा रहेको नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली तीन मैत्रीपुर्ण खेलका लागि शुक्रबार बहराइन प्रस्थान गर्ने भएको छ । २२ खेलाडी र ६ अफिसियलसहितको २८ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । टोलीलाई बिहीबार एन्फा परिसर बिदाई गरिएको छ । नेपाली […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर राष्ट्रिय टोलीकी मिडफिल्डर सरु लिम्बुको कप्तानीमा रहेको नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली तीन मैत्रीपुर्ण खेलका लागि शुक्रबार बहराइन प्रस्थान गर्ने भएको छ ।

२२ खेलाडी र ६ अफिसियलसहितको २८ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । टोलीलाई बिहीबार एन्फा परिसर बिदाई गरिएको छ । नेपाली युथ टोलीको कप्तानी सरु लिम्बुले गर्नेछिन् ।

एक साताको अवधिमा नेपालले तीन मैत्रीपुर्ण खेल खेल्नेछ । पहिलो खेल शनिबार हुनेछ । त्यसको दुई दिनपछ दोस्रो तथा त्यसपछि एक मैत्रीपुर्ण खेल हुने एन्फाले जनाएको छ । टिमको मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ रहेका छन् ।

खेलाडीहरु :

सरु लिम्बु (कप्तान), रविता राई, मनिषा राउत, रोजिना श्रेष्ठ, निशा ठोकर, सम्झना लावती, अलिशा जिम्बा, सविता रानामगर, समिक्षा घिमिरे, उषा नाथ, सलोनी रानामगर, मेनुका आलेमगर, सुवानी कुश्वार, रेखा पौडेल, अनुस्का शेर्पा, खुस्मा राइ, प्रिती राइ, दिलकुमारी रानामगर, अस्मिता वैद्य, प्रतिक्षा राना, करिना धिमाल, मन्जलीकुमारी योन्जन

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.