default_image

4 years ago

December 13, 2019

ग्रीनवुडको दुई गोलमा म्यानचेस्टरको प्रभावशाली जित

एजेन्सी – युवा फरवार्ड मासन ग्रीनवुडको दुई गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारमाथि ४–० को प्रभावशाली जित निकालेको हो । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा ग्रीनवुडले दुई तथा एस्ले योङ र हुवान माटाले […]

21 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड मासन ग्रीनवुडको दुई गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।

सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा ग्रीनवुडले दुई तथा एस्ले योङ र हुवान माटाले समान एक गोल गरे । खेलको ५३औं मिनेटमा एस्ले योङको गोलबाट युनाइटेडले अग्रता लिएको थियो ।

५८औं मिनेटमा ग्रीनवुडले युनाइटेडको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ४–० को फराकिलो जित दिलाए ।

अन्तिम खेलमा सानदार जित निकाल्दै युनाईटेड समूह ‘एल’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्षस्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.