default_image

4 years ago

December 13, 2019

आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह ‘एफ’ को विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गर्न सफल भएको छ । बिहीबार राति बेल्जियन क्लब स्टान्डर्ड लिजसँग २–२ गोलको बराबरीमा रोकिएपनि समुह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको हो । बराबरीसँगै आर्सनलले ६ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रह्यो । बराबरीमा रोकिएसँगै स्टान्डर्ड लिजले […]

22 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह ‘एफ’ को विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गर्न सफल भएको छ । बिहीबार राति बेल्जियन क्लब स्टान्डर्ड लिजसँग २–२ गोलको बराबरीमा रोकिएपनि समुह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको हो ।

बराबरीसँगै आर्सनलले ६ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रह्यो । बराबरीमा रोकिएसँगै स्टान्डर्ड लिजले समूह चरण पार गर्न सकेनन् । यो समुहबाट जर्मन क्लब फ्रन्कफर्टले दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो ।

लुइक बेल्जियममा बिहीबार राति भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो । ४७औं मिनेटमा स्यामुयल बास्टियनको गोलबाट घरेलु टोली स्टान्डर्ड लिजले अग्रता लिएको थियो । ६९औं मिनेटमा सेलिम अमलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।

एलेक्जेन्डर लाकाजेटले ७८औं मिनेटमा आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए । ८१औं मिनेटमा बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे । त्यसपछि थप गोल हुन सकेन ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब फ्रन्कफर्ट पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेससँग ३–२ ले पराजित भयो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.