default_image

4 years ago

December 13, 2019

एन्फा र एनटिभिबीच प्रत्यक्ष प्रसारणको सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ ।   प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने उल्लेख गरिएको छ । […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ ।

 

प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने उल्लेख गरिएको छ । गत वर्ष लिगको प्रत्यक्ष प्रसारण एपी वानले गरेको थियो ।

एन्फा अध्यक्ष शेर्पाका अनुसार लिग , राष्ट्रिय लिग र नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल खेलको लागि नेपाल टेलिभजनसँग सम्झौता भएको जानकारी दिए ।

लिगका कम्तीमा ३२ खेल, राष्ट्रिय लिगका कम्तीमा १० खेल र अन्तर्राष्ट्रिय सबै खेल एनटिभीले प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा उल्लेख रहेको बताइएको छ । त्यस बाहेक साताको एक पटक फुटबल सम्बन्धि कार्यक्रम एनटिभीले प्रसारण गर्नेछ ।

गत वर्ष एपि वानले ३० लाख रुपैयाँमा सम्झौता गरेको थियो । यसपटकको लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सन्चालन हुने जनाइएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.