default_image

4 years ago

December 14, 2019

फिफा वरियतामा महिला टोलीको सुधार

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको छ । नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टुबरमा भएको वरियतामा […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको छ ।

नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टुबरमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ । पोखरा रंगशालामा भएको सोमबार भएको साग महिला फुटबलको फाइनलमा नेपाल भारतीय टोलीसँगै २–० ले पराजित भएको थियो ।

भारत बाहेक दक्षिण एसियाका सबै टोलीसँग हाबी रहँदै आएको नेपालले सागका तीनै संस्करणमा रजत पदकमा चित्त बुझाउनु परेको छ । यसअघिका दुवै संस्करणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । सागमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो । राउन्ड रोविनका आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

दक्षिण एसियाको महिला फुटबलमा भारत नै नेपालका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा रहँदै आएको छ । सागको समाप्तीसँग टोलीका मुख्य प्रशिक्षक हरि खड्काले हारको जिम्मेवारी लिदै राजिनामाको घोषणा गरेका थिए । त्यस्तै कप्तान निरु थापा र रक्षक मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.