default_image

4 years ago

December 14, 2019

‘लिग जित्न स्टार टोली नै चाहिन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– हरेक प्रतियोगिताको पहिलो खेल कठिन हुने उल्लेख गर्दै मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले सफल सुरुवात गर्न सकेमा खुसी व्यक्त गरेका छन् । सँगसँगै उनले लिग उपाधि जित्न स्टार खेलाडीहरु आवश्यक रहेको बताए । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराएपछि प्रशिक्षक कटुवाले […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हरेक प्रतियोगिताको पहिलो खेल कठिन हुने उल्लेख गर्दै मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले सफल सुरुवात गर्न सकेमा खुसी व्यक्त गरेका छन् । सँगसँगै उनले लिग उपाधि जित्न स्टार खेलाडीहरु आवश्यक रहेको बताए ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराएपछि प्रशिक्षक कटुवाले भने, ‘पहिलो खेल कठिन भएपनि हामी ३ अंक लिन सफल भएका छौं । अन्तिम १० मिनेट हाम्रा खेलाडीमा फिटनेस केहि नपुगेको देखियो । आउने दिनमा अझै सुधार गरेर जानुपर्ने हुन्छ ।’

मछिन्द्रले लिग जित्ने उद्देश्यका साथ विभन्न क्लबबाट स्टारहरुलाई भित्राएको छ । जसमा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन देखि यू २३ का कप्तान सुजल श्रेष्ठ, सोही टोलीका फरवार्ड अभिषेक रिजाल, रजिन सुब्बा, अनुभवी विशाल श्रेष्ठ, विशाल राई हेमन गुरुङ, दीपक राई, बुद्ध चेम्जोङ, विजय धिमाल, रजिन धिमाल, योगेश गुरुङ लगायतलाई समेटेको छ ।

प्रशिक्षक कटुवालको भनाइ मान्ने हो भने लिग जित्न स्टार खेलाडीहरुको आवश्यकता पर्दछ । ‘ लिग जित्न स्टार खेलाडी चाहिन्छ । लिग लामो समय चल्छ । यसबीचमा केहि खेलाडीलाई चोट लाग्ला, केहि कार्डले गर्दा खेल गुमाउलान । हामीले उपाधि जित्ने लक्ष्यसहित बेन्चमा पनि राम्रा खेलाडी राखेका हौं,’ उनले भने । उनले टोली छनोटमा केहि कठिनाइ भएपनि अन्तरिक प्रतिस्पर्धा बढ्दा टोलीलाई नै फाइदा हुने बताए ।

कटुवाल पहिलो पटक ए डिभिजन लिगमा प्रशिक्षकका रुपमा नियुक्त भएका हुन् । उनी पहिलो जिम्मेवारीलाई नै उपाधिसम्म लैजान चाहन्छन् । ‘ क्लबले मलाई विश्वास गरेको छ । मैले आफूले चाहेअनुसार नै टिम बनाएको छु । अब हामीले हरेक खेललाई ध्यान दिँदै अगाडि बढ्नेछौं । लक्ष्य भनेको लिग उपाधि जित्ने नै हो । यसमा खेलाडीहरुमाथि निकै आशा राखेको छु,’ उनले थपे । यसअघि मोफसलका नकआउट प्रतियोगितामा झापा-११ बाट सफल दरिएका उनीमाथि बलियो टोली निर्माणसँगै नतिजा दिने दवाव भने रहनेछ ।

खेलको म्यान अफ दी म्याच मछिन्द्रका विशालले झन्डै दुई महिनापछि पुरा समय प्रतिस्पर्धात्मक खेल खेलेका थिए । उनी घुँडाको चोटबाट पीडित थिए । अब पूर्ण रुपमा फिट भएर मैदान फर्केको उल्लेख गर्दै विशालले टोलीले कम्तीमा शीर्ष ३ भित्र रहेर लिगको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

पूर्वका खेलाडीको टोलीमा बाहुल्यता रहनुका विषयमा प्रष्ट पार्दै प्रशिक्षक कटुवालले भने,’ लामो समयसम्म सँगै खेलेका खेलाडीहरु लिदा समन्वयका लागि सहज हुने विश्वास छ । हामीले पहिला झापा ११ मा पनि यस्तो अभ्यास गरेका छौं । लिग जित्ने उद्देश्यका साथ हामीले स्टार खेलाडीलाई लिएका छौं ।’

कटुवालले विदेशी खेलाडीको आगमनले टोली अझै मजबुत हुने विश्वास लिए ।’ औपचारिक प्रक्रिया पुराउन केहि समय लागेको हो, सायद अर्को खेल सम्म विदेशी खेलाडीको वर्क पर्मिटको काम सकिन्छ,’ उनले थपे, ‘त्यसपछि हाम्रो टोलीको प्रदर्शनमा अझै सुधार आउने सम्भावना छ ।’

अर्को तिर बिबिसीका प्रशिक्षक खगेन्द्र पुनले भने प्रदर्शनबाट खुसी नै रहेको बताएका छन् ।’ मछिन्द्र अहिलेको बलियो टोलीमा पर्दछ । त्यस्तो विरुद्ध हाम्रो जस्तो युवा टोलीले यत्तिको प्रदर्शन गर्नु ठिकै हो,’ उनले भने, ‘अनुवभी खेलाडीहरुको साथले युवा खेलाडीलाई सहयोग पुग्छ ।’

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, राष्ट्रिय टोलीका पूर्व सदस्य विजय गुरुङ र उत्तम गुरुङको साथमा बिबिसीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । पुनले मछिन्द्रविरुद्ध उत्तमको प्रवेशपछि टोलीको प्रदर्शनमा थप सुधार आएको बताएका छन् ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.