default_image

4 years ago

December 14, 2019

एन्फा र एनपिओबीच सम्झौता

काठमाठौं (हाम्रो खेलकुद)– जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय यू–१२ टोरे कप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले नेतृत्व गरेको नेपाल युथ सकर प्रोजेक्ट (एनपिओ) बीच शनिबार सम्झौता भएको छ । टोरे कपका लागि नेपाली यू–१२ फुटबल टोलीको तयारी एन्फाले गर्ने र टोलीको सहभागिताको बाँकी जिम्मेवारी एनपिओले लिने गरि सम्झौता […]

51 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद)– जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय यू–१२ टोरे कप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले नेतृत्व गरेको नेपाल युथ सकर प्रोजेक्ट (एनपिओ) बीच शनिबार सम्झौता भएको छ ।

टोरे कपका लागि नेपाली यू–१२ फुटबल टोलीको तयारी एन्फाले गर्ने र टोलीको सहभागिताको बाँकी जिम्मेवारी एनपिओले लिने गरि सम्झौता भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रोजेक्टका अध्यक्ष गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालले एनपिओसँग सहकार्य गरेर प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको लागि नेपालमा खेलाडी छनोट एन्फाले गर्नेछ । प्रतियोगिताका लागि जापानमा रहदाको सम्पूर्ण खर्च भने एनपिओले गर्नेछ । यस्तै जापानको फन रुट्स एकेडेमीले सहयोग गर्नेछ । फन रुट्समा गौचन प्रशिक्षकका रुपमा कार्यरत छन् ।

यसअघि एनपिओले कास्की फुटबल संघसँग सहकार्य गरेर टोलीको छनोट गर्दै प्रतियोगिता खेल्दै आएको थियो । एनपिओले यसपटकबाट भने एन्फासँग सहकार्य गरेको हो ।गौचनले नेपाली फुटबललाई दीर्घकालीन सहयोग पु¥याउन यस्ता प्रतियोगिता फलदायी हुने भएकाले एन्फासँग सम्झौता गरिएको बताए ।

एन्फा अध्यक्ष शेर्पाले युवा फुटबल विकासका लागि एन्फा लागि परेको जनाउदै प्रतियोगितामा प्रदेशबाट छानिएका १२ खेलाडीलाई जापान पठाउने बताए । उनले खेल जीवन पछि विदेशी भूमि बसेर पनि फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेको भन्दै गौचनको तारिफ गरेका थिए ।

टोकियोमा हुने अन्तर्राष्ट्रिय यू–१२ टोरे कप फुटबल मार्च अन्तिम साता हुनेछ । प्रतियोगितामा स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, मलेसिया लगायतका टिम र जापानको जे लिग क्लबका युथ टिमको सहभागिता रहने गौचनले जानकारी दिए ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.