default_image

4 years ago

December 15, 2019

चेल्सी स्तब्ध, लेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमयर लिग फुटबलमा लन्डन क्लब चेल्सी बर्नमाउथसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो ।  पछिल्लो पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो । यसअघि चेल्सी घरेलु मैदानमै वेस्टह्यामसँग १–० ले तथा एभर्टनसँग ३–१ ले पराजित भएको थियो । चेल्सीलाई स्तब्ध बनाउन खेलको ६ मिनेट बाँकी रहँदा […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमयर लिग फुटबलमा लन्डन क्लब चेल्सी बर्नमाउथसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो । 

पछिल्लो पाँच खेलमा चेल्सीको यो तेस्रो हार हो । यसअघि चेल्सी घरेलु मैदानमै वेस्टह्यामसँग १–० ले तथा एभर्टनसँग ३–१ ले पराजित भएको थियो । चेल्सीलाई स्तब्ध बनाउन खेलको ६ मिनेट बाँकी रहँदा डान गोसलिङले गरेको गोल नै निर्णायक बन्यो ।

खेलभर नै बर्नमाउथलाई दवावमा राखेपनि गोल गर्न असमर्थ रह्यो । खेल सकिन ६ मिनेट बाँकी रहँदा गोसलिङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी स्तब्ध बन्न पुग्यो ।

हारसँगै चेल्सी १७ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा यथावत छ । बर्नमाउथ १९ अंक जोडेर १४औं स्थानमा छ ।

यता, लेस्टर सिटी नर्विच सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै दोस्रो स्थानमा रहेको लेस्टरको ३९ अंक पुगेको छ । जुन शीर्षस्थानको लिभरपुलको भन्दा १० अंक कम हो । नर्विच १२ अंक जोडेर १९औं स्थानमा छ ।

अन्य नतिजा 

लिभरपुलविरुद्ध वाटफोर्ड (–०)

बर्नलीविरुद्ध न्यु क्यासल (–०)

सेफिल्ड युनाइटेडविरुद्ध एस्टन भिल्ला (–०)

साउथह्याम्पटनविरुद्ध वेस्टह्याम (०–)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.