default_image

4 years ago

December 15, 2019

कोउटिन्होको ह्याट्रिकमा बायर्नको सानदार जित

एजेन्सी – ब्राजिलियन प्लेमेकर फिलिपे कोउटिन्होको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । बायर्नले वेर्डर ब्रेमेनमाथि ६–१ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा बायर्नको फराकिलो जितमा कोउटिन्होको ह्याट्रिकसँगै रोवर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । ब्रेमेनका मिलोट रासिकाले सान्त्वना गोल गरे । खेलको २४औं मिनेटमा […]

43 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन प्लेमेकर फिलिपे कोउटिन्होको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । बायर्नले वेर्डर ब्रेमेनमाथि ६–१ को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नको फराकिलो जितमा कोउटिन्होको ह्याट्रिकसँगै रोवर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । ब्रेमेनका मिलोट रासिकाले सान्त्वना गोल गरे ।

खेलको २४औं मिनेटमा रासिकाको गोलबाट वेर्डर ब्रेमेनले खेलमा अग्रता लिएको थियो । ४५औं मिनेटमा कोउटिन्होले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

६३औं मिनेटमा कोटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ७२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न खेलमा सहज जिततर्फ अग्रसर बन्यो ।

७५औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्नले ५–१ को आरामदायी अग्रता लियो । ७८औं मिनेटमा कोटिन्होले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ६–१ को सानदार जित दिलाए । जितसँगै बायर्न १५ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

यता, अर्काे खेलमा बोरुसिया डर्टमन्डले मेइन्जमाथि ४–० को फराकिलो जित निकालेको छ । डर्टमन्डको जितमा मार्काे रिउस, जाडोन सान्चो, थोर्गन हजार्ड र निको स्कुल्जले गोल गरे ।

जितसँगै डर्टमन्ड १५ खेलबाट २९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । आरबी लेइप्लिज ३३ अंकसहित शीर्षस्थानमा तथा एक खेल कम खेलेको बोरुसिया मोन्चेनग्लाडवाच ३१ अंक जोडेर दोस्रो स्थानमा छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.