6 years ago
December 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जावलाखेल युवा क्लबलाई प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ ।

ललितपुरको जावलाखेलस्थित मुख्य बजारमा आफ्नै मैदान भएको क्लबले बैंकसँग १ वर्ष सम्झौता गरेको छ । प्रभु बैंकले प्रमुख प्रायोजक भए वापत २५ लाख यस क्लबलाई प्रदान गर्नेछ । यस अवधिमा क्लबको फुटबल जर्सीको अगाडिको भागमा प्रभु बैंकको नाम रहनेछ ।
टोलीलाई स्पोर्ट्स वेयर ब्रान्ड लीनिङको पनि साथ रहेको छ । लिनिङले वर्षभर झन्डै १२ लाख बराबरको सामाग्री उपलब्ध गराउने छ । अफिसियल अस्पतालका रुपमा स्टार हस्पिटल रहने छ । लिनिङले क्लबलाई सबै खेलाडी र अफिसियललाई खेल सामग्री प्रदान गर्ने । त्यस्तै स्टार हस्पिटल मेडिकल, डाक्टर, प्राथमिक उपचार र फिजियो उपलब्ध गराउने छ ।

क्लबमा यसपटक तीन जना विदेशी खेलाडी रहेका छन् र चौथा खेलाडीका रुपमा सिक्किमका एक भारतीय खेलाडी ल्याउने प्रयास अन्तिम चरणमा पुगेको छ । गत वर्षको लिगमा यस क्लबबाट खेलेको खेलाडीलाई नै निरन्तरता दिइएको छ । विदेशी खेलाडी फोडे फोफाना र एडामा डुम्बिया निरन्तर रहेका छन् ।
क्लबले गत वर्षको लिगको प्रदर्शनलाई विश्लेषण गरी रुपबहादुर लामालाई नेपाल एपीएफ क्लब, दिलन लोक्तामलाई ब्रिगेड ब्वाइज क्लब तथा नेपाल पुलिस क्लबवाट सुरज घिमिरे र हरि कठायत लाई अनुबन्धन गरेको छ ।

क्लबले विसं २०३९ सालको लिगमा दोस्रो र २०६७ मा तेस्रो स्थान हासिल गरेको थियो । यसपटक लिगमा क्लबले यसै नतिजा दोहोर्याउने अपेक्षा राखेको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले क्लबलाई प्रायोजन मात्र नभएर फुटबल विकासमा साथ दिन चाहेको बताए । उनले क्लबका खेलाडीको विमा, एकेडेमी स्थापना, मोफसलमा ट्यालेन्ट हन्ट लगायत विषयमा ध्यान दिने जानकारी गराए ।

क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीेेले प्रायोजन सम्झौताले क्लबको फुटबल विकासमा अगाडि बढ्ने लक्ष्यमा ठूलो साथ पुगेको बताए । उनले सम्पूर्ण सहयोगी हातलाई धन्यवाद दिँदै राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए ।
जावलाखेल युथ क्लबको टोली :
कुलदिप कार्की (कप्तान), टिकेन्द्र थापा, अरुण ब्लोन,सुशील कुमार यादव, मनिष पौडेल, सिमान्त थापा, निरबहादुर आले, विमल घिसिङ, सुजित बुढाथोकी, गौतम श्रेष्ठ, सुरज ठकुरी, विशाल तामाङ, अरुज सिं, समिर कार्की, रुप बहादुर लामा, बिजय घलान, ड्याडी जुनियर वाम्बा (क्यामरुन), फोडे फोफाना (गिनी), एडामा डुम्बिया (माली), यज्ञ प्रधान, दिलेन लोक्ताम, हरि कठायत, सुरज घिमिरे, अभिषेक वाइबा, गौरव श्रेष्ठ
प्रशिक्षक : नरेश थापा
सहायक प्रशिक्षक : जग्गुनाथ खड्का
व्यवस्थापक : प्रदीप तण्डुकार
सहायक व्यवस्थापक : विकास काकी
फिजियो : रन्जन राज शाह
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]