default_image

4 years ago

December 16, 2019

रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी, इन्टर शीर्षस्थानमा

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि सहज जित निकालेको छ । युभेन्टसले उडिनेसीमासथ ३–१ को सहज जित निकालेको हो ।  एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसलाई जिताउन लियोनार्दाे बोनुचीले एक गोल थपे । उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे । खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट […]

25 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि सहज जित निकालेको छ । युभेन्टसले उडिनेसीमासथ ३–१ को सहज जित निकालेको हो । 

एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसलाई जिताउन लियोनार्दाे बोनुचीले एक गोल थपे । उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे ।

खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले खेलमा अग्रता लिन सफल भएको थियो । ३७औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

४५औं मिनेटमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्टसले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयमा इग्नासियोले गोल गरेपनि युभेन्टसविरुद्ध हार टार्न सकेन । युभेन्टस ३–१ ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टस १६ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । उडिनेसी १५ अंकसहित १७औं स्थानमा छ ।

यता, सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलान फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टर मिलानका बोर्जा भालेरोले तथा फियोरेन्टिनाका डुसानले बराबरी गोल फर्काए ।

बराबरीपछि इन्टर १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३९ अंक रहेपनि इन्टर गोल अन्तरमा शीर्षमा रहेको हो । फियोरेन्टिना १७ अंकसहित १३औं स्थानमा छ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.