6 years ago
December 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई पुन: एकपटक यति एअरलाइन्सले प्रायोजन गर्ने भएको छ ।

विगतमा लामो समय क्लबसँग सहकार्य गरेको यतिले शेर्पासँग १ वर्षका लागि सम्झौता गरेको हो । दुुुुई संस्थाबिच सहकार्य भएको यो तेस्रो वर्ष हो । यसपटक यति एअरलाइन्सले २० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
यसपटक टोलीमा गत सिजनकै खेलाडीको बाहुल्यता रहेको छ । टोलीले धुलिखेलमा क्याम्प राखेको छ । त्यसअघि झन्डै एक महिना क्लबले पोखरामा रहेर प्रशिक्षण गरेको थियो ।
खेलाडीहरु :
मानबहादुर तामाङ (कप्तान), भिषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोप बहादुर उछानी, रवी थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ, विशाल श्रेष्ठ
प्रशिक्षक – सञ्जिव बुढाथोकी
सहायक प्रशिक्षक – मिन बस्नेत
व्यवस्थापक – विजेन्द्र पुडासैनी
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]