6 years ago
December 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २-१ को जित दर्ता गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दीनेश हेन्जनले गोल गरे ।
चौथो मिनेटमै नवयुगकाे श्रेष्ठकाे गाेलमा आर्मीले अग्रता लिएको थियो । गाेलरक्षक अघि बढेकाे अवस्थामा उनले गोल गरेका थिए । पहिलो हाफमा आर्मी १-० ले अगाडि रहेको थियो ।
५१ अाैं मिनेटमा शक्ति राईले गाेल गर्दै खेल बराबरीमा ल्याए । सेसेहाङ आङदेम्बेको ब्याक पासमा सुमनले नभेटेकाे बललाई शक्तिले दाेस्राे वर च्याप्दै गाेल । ६०अाैं मिनेटमा कप्तान भरत खवासकाे प्रहार आकासियाे ।

६३ अाैं मिनेटमा सुमनकाे क्रसमा नवयुगले बक्समा भेट्न सकेनन् । त्यसमै टंक बस्नेतकाे क्रसलाई नवयुगले सदुपयोग गर्न सकेनन् । त्यसमै सुमनकाे प्रहार बाहरियाे । ७२अाैं मिनेटमा जर्जप्रिन्स कार्कीकाे हेडरले पोस्टको दिशा लिन सकेन ।
८१अाैं मिनेटमा भरत खवासकाे कर्नरमा बिमल पाण्डेकाे हेडरमा अनमार्क रहेका दिनेश हेन्जनकाे वान टचमा गाेल । यससँगै आर्मीले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]