default_image

4 years ago

December 16, 2019

रुस्लान थ्री स्टारलाई एडिडासको साथ

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबमा खेल पोशाक निर्माण कम्पनी एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसनले सह प्रायोजन गरेको छ । रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधर र थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको खेल्ने तयारीमा रहेको थ्री स्टारसँग झन्डै डेढ […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबमा खेल पोशाक निर्माण कम्पनी एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसनले सह प्रायोजन गरेको छ ।

रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधर र थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको खेल्ने तयारीमा रहेको थ्री स्टारसँग झन्डै डेढ दशकअघि पनि रुट्सले सहकार्य गरेको प्रबन्ध निर्देशक तुलाधरले स्मरण गरे । रुट्सले २५ लाख रुपैयाँ भन्दा बढीको एडिडासका खेल सामाग्रीहरु उपलब्ध गराउने सम्झौता भएको बताइएको छ ।

 

जसमा जर्सी सेट, मोजा, ट्रयाकसुट, फुटबल बुट, फुटबल, ब्याग, बिब्स, अभ्यास जर्सी, गोलकिपर ग्लब्स, स्पोर्टस सुज र टिसर्ट रहेका छन् । रुट्सले विगतमा पनि थ्री स्टारसँग सहकार्य गरेको यहाँ स्मरण गर्न चाहन्छु ।

क्लबका अध्यक्ष जोशीले फेरि एक पटक सहकार्य गर्दै क्लबको फुटबल अभियानमा साथ दिनु भएकोमा रुट्स फेसनलाई धन्यवाद दिएका छन् । उनले भविष्यमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

पूर्व अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको समयमा सहकार्य गरेको स्मरण गर्दै रुट्सका प्रबन्ध निर्देशक तुलाधरले भविष्यमा पनि निरन्तर साथ रहने विश्वास दिलाए । सन् २००५ मा प्रेसिडेन्ट्स कपमा भाग लिने समयमा एडिडासले थ्री स्टारलाई प्रायोजन गरेको थियो ।

 

लिगका लागि क्लबले आफ्नो तयारी सुरु गरिसकेको छ । पुस २ गते छिमेकी प्रमु जाउलाखेल क्लबसँग खेल्दै थ्री स्टारले लिगको सुरुवात गर्नेछ । थ्री स्टारले अहिले सम्म २०५४, २०६१,२०६९ मा ३ पटक सहिद स्मारक ए डियिभजन लिग र २०७२ मा राष्ट्रिय लिग जितेको थियो ।

प्रमुख अतिथिका रुपमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले घरेलु फुटबलमा क्लबको नाम अगाडि प्रायोजनको नाम राख्ने परम्पराको सुरुवात थ्री स्टारले गरेको स्मरण गर्दै भने,‘ किट्समा पनि यति ठूलो प्रायोजन पाउने थ्री स्टार सम्भवत पहिलो क्लब हो । लिगको सफलताका शुभाकमना छ ।’

क्लबका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामाले आउदो लिगमा क्लबले सक्दो राम्रो प्रयास गर्ने वचन दिए ।

 

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.