6 years ago
December 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलले उत्कृष्ट प्रदर्शन गरेपछि च्यासल युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जित दर्ता गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले २-० को जित हासिल गरेको हो । च्यासलले पहिलो हाफको ४१ अौं मिनेटमा सन्तोषको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा खेल निकै प्रतिस्पर्धात्मक रहेपनि संकटाले प्राप्त अवसर सदुपयोग गर्न सकेन । दुवै गोलरक्षकले पहिलो हाफमा सुन्दर बचाउ गरेका थिए ।
७५ अौं मिनेटमा संकटाले बराबरी गर्ने सुवर्ण अवसर गुमायो । क्षितिज राज जिटीको हेडरमा गोलरक्षक एलन न्यौपाने बिट भएपनि अभिषेक लिम्बूले गोललाइनबाट क्लियर गरे । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई एलने उत्कृष्ट बचाउ गरे ।
८१ अौं मिनेटमा संकटा १० खेलाडीमा सिमित भयो । लक्ष्मण रुचालले २ मिनेटको अन्तरमा दोहोरो पहेंलो कार्ड पाएपछि संकटाको खेलमा फर्कने सम्भावना पातलिएको थियो ।
कप्तान सन्तोषले खेलको ८५ अौं मिनेटमा गोल गर्दै च्यासलको जित पक्का गरे । उनले अमिर श्रेष्ठको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट फिनिस गर्दै २-० ले अगाडि बढाए । थप गोल हुन नसक्दा च्यासल विजयी भयो । यससँगै च्यासलले लिगमा महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]