default_image

4 years ago

December 16, 2019

च्याम्पियन्स लिगमा रियल र म्यानचेस्टर सिटी भिड्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा युरोपेली फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र रियल म्याड्रिड आमनेसामने हुने भएका छन् । सोमबार भएको अन्तिम १६ को ड्र मा स्पेनिस महारथी रियलले सिटीको सामना गर्ने तालिका परेको हो । रियल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा सिटी समूह विजेता रहेको थियो । […]

36 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा युरोपेली फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र रियल म्याड्रिड आमनेसामने हुने भएका छन् ।

सोमबार भएको अन्तिम १६ को ड्र मा स्पेनिस महारथी रियलले सिटीको सामना गर्ने तालिका परेको हो । रियल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा सिटी समूह विजेता रहेको थियो । यससँगै प्रशिक्षक पेप गुआर्डीओला पनि म्याड्रिडविरुद्ध पुन: एकपटक उत्रिने भएका छन् । उनी बार्सिलोनामा रहँदा रियलविरुद्ध सफलता हात पार्दै आएका थिए ।

यता रियलको समूहमा विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पनि कठिन प्रतिद्वन्द्वी परेको छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । इंग्लिस क्लब चेल्सीले सन् २०१२ को च्याम्पियन्स लिग फाइनलकै प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग खेल्नेछ । अर्को इंग्लिस टोली टोटेनहमले पनि जर्मन टोली आरबी लाइप्जिगको सामना गर्नेछ ।

इटालीको एटलान्टाले भ्यालेन्सियाको सामना गर्दा इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्सेली टोली लियोनसँग खेल्दैछ । बार्सिलोनाले नेपालीको सामना गर्नेछ । एटलेटिको म्याड्रिडले साविक विजेता लिभरपुलसँग खेल्नेछ ।

पूर्ण ड्र :

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.