6 years ago
December 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलमा प्रशिक्षकका रुपमा नयाँ पुस्ताको प्रवेश भइसकेको छ । रानी पोखरी कर्नर टिम (आरसिटी) बाट लामो समय खेलेपछि मधु कार्कीले पछि सोही क्लबको प्रशिक्षकका रुपमा दशरथ रंगशालाको टच लाइनमा उभिएर दबाब खेपे । अहिले उनी विदेशमा छन् ।

सफल खेल जीवनपछि नवीन न्यौपानेले त्रिभुवन आर्मी क्लबको बागडोर सम्हाले । नयाँ पुस्ताले प्रशिक्षकका रुपमा कस्तो प्रदर्शन गर्लान् भन्ने कतुहलता नेपाली फुटबललाई नियाल्नेहरुको बीचमा थियो नै । नेपाल पुलिस क्लबमा लामो समय खेलेर अनन्त राज थापाले सोही क्लबलाई मैदानमा उतार्ने रणनीति बनाउन थालेको पनि केहि वर्ष भइसकेको छ ।
प्रशिक्षकका रुपमा न्यौपाने र थापाको पछिल्ला वर्षको प्रदर्शनलाई हेर्ने हो भने नयाँ पुस्ताबाट आशा गर्न सकिन्छ । खेलाडीका रुपमा अनुभव र आधुनिक फुटबललाई बुझ्नो क्षमता भएकै कारण होला उनीहरुले सफलता पनि प्राप्त गरेका छन् । अब विस्तारै कतार एयरवेज सहिद स्माक ए डिभिजन लिगमा युवा पुस्ताको बाहुल्यता बढेको छ । न्यौपाने, थापापछिको पुस्ताले पनि प्रशिक्षणमा आफ्नो यात्रा सुरु गरिसकेका छन् ।
लिग जित्ने योजनासहित अघि बढेका दुई टोली मछिन्द्र क्लब र च्यासल क्लबलाई युवा पुस्ताका प्रशिक्षकले सम्हालेका छन् । प्रवेश कटुवालले मछिन्द्र र बालगोपाल साहुखलले च्यासलको प्रशिक्षकका रुपमा सफल सुरुवात गरेका छन् । लिगको पहिलो दिन मंसिर २८ गते मछिन्द्रले ब्रिगेड ब्वाइजलाई र सोमबार च्यासलले संकटालाई समान २–० ले हराएको थियो ।

पूर्व राष्ट्रिय खेलाडी सञ्जिब बुढाथोकी ए डिभिजन प्रशिक्षकका रुपमा मंगलबार ‘डेब्यू’ गर्दैछन् । यति हिमालयन शेर्पाको प्रशिक्षकका रुपमा बुढाथोकी झन्डै चार वर्षपछि राजधानी फर्केका छन् । हिमालयन शेर्पाले दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा पुलिस क्लबको सामना गर्नेछ ।
खेल जीवनको लामो समय रुस्लान थ्री स्टारको सेन्टर डिफेन्डरका रुपमा मैदानमा बिताएका बुढाथोकी नयाँ चुनौतिलाई स्वीकार्दै राजधानी आएका छन् । २०६३ देखि २०६८ सम्म थ्री स्टारमा बिताएका बुढाथोकीले त्यसअघि तीन वर्ष एनआरटीबाट घरेलु फुटबल खेले । उनी एनआरटीको त्यो गुण बिर्सन चाहदैनन् । थ्री स्टारबाट घरेलु फुटबलका लिगबाहेक अधिकांश घरेलु फुटबल उपाधि जितेका बुढाथोकीले त्यसपछिका एक सिजन आरसिटी र एक सिजन सरस्वती क्लबबाट खेलेका थिए ।
त्यसपछि गृह जिल्ला मोरङ फर्केका बुढाथोकी व्यापारमा संलग्न भए । तर, फुटबलको नशाले उनलाई अलग हुन दिएन । जिल्ला वा नजिकका जिल्लामा हुने प्रतियोगितामा भाग लिन मोरङ फुटबल एकेडेमी टोली बनाएर निस्कन्थे । उर्लाबारीमा रहेको हार्डवेयर पसल श्रीमती र रेष्टुरेन्ट साथीहरुलाई जिम्मा लगाएर बुढाथोकी राजधानी यात्रामा निस्केका छन् ।
‘म प्रशिक्षकका रुपमा डेब्यू गर्न लाग्दा उत्साहित पनि छु । दबाबमा पनि छु , यो मेरो लागि मौका हो । सँगै चुनौति पनि ,’ बी लाइसेन्स उर्तिण गरेको ४० वर्षे बुढाथोकीले भने, ‘अब प्रशिक्षणमा पनि हामी भन्दा सिनियर र हाम्रो पुस्ता पनि आइसकेको छ । हामीले पनि आफुलाई प्रमाणित गर्नुपर्ने हुन्छ । ‘

खेलाडीका रुपमा आफ्नो भूमिकामा न्याय गर्दा हुने भएपनि प्रशिक्षकका रुपमा धेरै सोच्नु पर्छ भन्दै बुढाथोकी भन्छन्, ‘यो त टिम वर्कबाट नतिजा दिने खेल हो । सहायक प्रशिक्षक छैन भने पनि क्लबका कप्तान, उपकप्तान, व्यवस्थापनसँथको सहकार्यमा नतिजा निकाल्ने कोशिस गर्नुपर्दछ । ‘
कुनै पनि नयाँ यात्राको थालनी गर्दा चुनौति आउनु स्वभाविक हुने जनाउँदै बुढाथोकीले भने, ‘ए डिभजन क्लबको प्रशिक्षकका रुपमा यो सुरुवात हो । मैले खेलाडीका रुपमा जति अनभुव प्राप्त गरे र प्रशिक्षकका रुपमा जति सिके त्यसलाई उपयोग गर्ने कोशिस गर्नेछु । नयाँ र केहि विदेशी खेलाडीको समिश्रणमा हामी राम्रै गर्छौ भन्ने विश्वास छ । सफल नतिजाका साथ सुरु गर्ने योजना हाम्रो छ ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]