default_image

6 years ago

December 18, 2019

विमल चम्केपछि मनाङको विजयी सुरुआत

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

दशरथ रंगशालामा बुधबार मनाङले नेपाल एपीएफ क्लबलाई २-० ले पराजित गरेको हो । मनाङको जितमा फरवार्ड विमल रानाले २ गोल गरे ।

साताैं मिनेटमा विमलको फ्लिक प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५अाैं मिनेटमा एपीएफका नवीन लामाकाे फ्रिकिमा रमेश दंगालकाे प्रयास बाहिरियाे । १६अाैं मिनेटमा कप्तान नविनकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे ।

२८अाैं मिनेटमा जगजित श्रेष्ठकाे क्रसमा बिमल रानाले हेडमार्फत गाेल गर्दै अग्रता दिलाए । ३५ अाैं मिनेटमा फ्लाेरेन्ट काेर्वाकाे पासमा विमलकाे शक्तिशाली प्रहार सिधै गाेल हुदा मनाङले अग्रता दाेब्बर बनायाे ।

४४अाैं मिनेटमा दयानन्द सिंहकाे प्रहारलाई गाेलरक्षक अमृत चाैधरीले बचाए । लगत्तै एपीएफका आशिष लामाले सुन्दर माैका खेर फाल्दा एपीएफ गाेल अन्तर घटाउनबाट चुक्याे ।

७०अाैं मिनेटमा सुदिप शिख्रकारकाे पासमा मणि लामाकाे हे पाेस्टबाट थाेरै बाहिरियाे । त्यसअघि मनाङका गाेलरक्षक दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

यससँगै मनाङले उपाधि रक्षाको लक्ष्यमा सुखद सुरुआत गरेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.