default_image

4 years ago

December 24, 2019

एन्सेलोटी एभर्टनको प्रशिक्षक

एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीलाई इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एभर्टनले बिहीबार तीन पटकको च्याम्पियन्स लिग विजेता ६० वर्षे एन्सेलोटीलाई साँढे ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मार्को सिल्भा बर्खास्तीपछि एभर्टनले अन्तरिम प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको थियो । एभर्टन नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । इटालियन […]

22 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीलाई इंग्लिस क्लब एभर्टनले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एभर्टनले बिहीबार तीन पटकको च्याम्पियन्स लिग विजेता ६० वर्षे एन्सेलोटीलाई साँढे ४ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

मार्को सिल्भा बर्खास्तीपछि एभर्टनले अन्तरिम प्रशिक्षक डनक्यान फर्गुसनको नेतृत्वमा खेलिरहेको थियो । एभर्टन नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । इटालियन क्लब नेपोलीलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्‍याएपनि एन्सेलोटी दुई साताअघि बर्खास्तीमा परेका थिए ।

त्यसपछि एभर्टनले एन्सोलोटीलाई नै प्राथमिकतामा राखेका थिए । एन्सेलोटीको प्रशिक्षणमा एभर्टनले बिहीबार राति बर्नलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । एन्सेलोटी क्लबको मुख्य प्रशिक्षक बनेसँगै ज्लाटन इभ्राहिमोभिच र एन्सेलोटीबीच गुडिसनपार्कमा पुर्नमिलन हुन सक्ने आँकलन गरिएको छ ।

३८ वर्षे भेट्रान स्वीस फरवार्ड ज्लाटनले नोभेम्वरमा एमएलएस क्लब एलए ग्यालेक्सी छाडेयता क्लबविहीन छन् । एन्सेलोटी र इभ्राहिमोभिच २०१३ मा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सँगै रहेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.