6 years ago
December 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा च्यासल युवा क्लब र सानमिगल मछिन्द्र क्लबको खेल १-१ को बराबरीमा टुंगिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलकाे तेस्राे मिनेटमा च्यासलका गाेलरक्षक एलेन न्याैपाने बिट भइसकेकाे अवस्थामा दिपक राईकाे फितलाे प्रहार डिफेन्डर नरेन्द्र चाैधरीले क्लियर गरिदिए । आठाैं मिनेटमा मछिन्द्रका अभिषेक रिजालकाे क्रसलाई एडिलाजा साेमिडेले हेडिङ गर्ने प्रयास गरेपनि भेट्न सकेनन् ।

१०अाैं मिनेटमा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै बाहिरयाे ।२४अाैं मिनेटमा च्यासलका सुनिल बलकाे प्रहार आकासियाे ।
२८अाैं मिनेटमा कप्तान सन्ताेष साहुखलकाे उत्कृष्ट गाेलमा च्यासलले खेलमा अग्रता लिएकाे थियाे । सन्ताेषले तीन डिफेन्डर वरपर रहेको अवस्थामा टर्नमा गरेको सशक्त प्रहार गाेलरक्षक विशाल श्रेष्ठले राेक्ने कुनै माैका पाएनन् ।
३०अाैं मिनेटमा मछिन्द्रले बराबरीकाे सुन्दर माैका खेर फाल्याे । दिपक राईकाे प्रहार गाेलरक्षक एलनले पञ्च गरेर बचाईदिए । लगत्तै साेमिडेकाे प्रहारले पाेस्टकाे दिशा लिन सकेन । ३५अाैं मिनेटमा रन्जित धिमालकाे फ्रिकिक क्रसबारबाट बाहिरिँदा मछिन्द्र बराबरीबाट चुकेकाे थियाे ।

दोस्रो हाफमा मछिन्द्रले दवाव कायम गरेपनि सुरुवाती समयमा पोस्ट आक्रमण गर्न सकेन । ५१अाैं मिनेटमा अभिषेक रिजालले गाेल गरेपनि रेफ्रीले अफसाइडकाे इसारा गरिदिए । ५४अाैं मिनेटमा अभिषेककाे हेडर सदुपयाेग हुन सकेन । ७९अाैं मिनेटमा एन्द्रियस नियाकाे क्रसमा साेमिडेकाे हेडर सदुपयाेग हुन सकेन ।
निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा मछिन्द्रले बराबरी गोल फर्कायो । विशाल राईको पासमा देवेन्द्र तामाङले पेनाल्टी क्षेत्रभित्र अनमार्क हुँदा गरेको प्रहार गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक विशाल श्रेष्ठले टाइगा नाकामुराको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे ।
यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । दुवै टोलीले पहिलो खेलमा जित दर्ता गरेका थिए । मछिन्द्रको ३ अंक र च्यासलको ४ अंक भएको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]