default_image

4 years ago

December 30, 2019

सिटी विजयी पथमा

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा सर्जियो अगुइरो र केभिन डि ब्रुयनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले सेफिल्डलाई दवावमा राखेपनि सिटीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो […]

17 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको हो ।

सिटीको जितमा सर्जियो अगुइरो र केभिन डि ब्रुयनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले सेफिल्डलाई दवावमा राखेपनि सिटीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

खेलको १७औं मिनेटमा सिटीका रियाद महारेजको प्रहार सेफिल्डको डिफेन्डरले ब्लक गरिदिएका थिए । २५औं मिनेटमा सेफिल्डका कलुम रोविन्सन र मोउसेटको सेट पिसमा मोउसेटको प्रहार फर्नाडिन्होले ब्लक गरिदिएका थिए । लगत्तै ओलिभर नुरवुडको प्रहार क्रसबारबाट बाहिरिदा सेफिल्ड अग्रता लिनबाच चुकेको थियो ।

२९औं मिनेटमा लेस मोउसेटलले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । पहिलो हाफमा केही दवाव झेलेपनि सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित दुई गोल गर्न सफल भयो । ५२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा सर्जियो अगुइरोको गोलसँगै सिटी खेलमा अघि बढेको थियो ।

७०औं मिनेटमा सिटीले पेनाल्टी अपिल गरेपनि रेफ्रीलाई त्यसलाई इन्कार गरिदिए । ७५औं मिनेटमा ब्रुयनको प्रहार आकासियो । ७८औं मिनेटमा सेफिल्डका मोउसेटले बराबरीको सुन्दर मौका खेर फाल्यो । ८२औं मिनेटमा ब्रुयनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै तेस्रो स्थानमा रहेको सिटीले २० खेलबाट ४१ अंक जोडेको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अंकले तथा दोस्रो स्थानको लेस्टर सिटीसँग १ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको १९ खेलबाट ५५ अंक छ । २० खेलबाट लेस्टरको ४२ अंक रहेको छ । सेफिल्ड २९ अंक जोडेर आठौं स्थानमा यथावत छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.