5 years ago
December 31, 2019
हिमाल खरेल, बिर्तामोड
कनकाई महिला फुटबल टोलीले प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता उपाधि जितेको छ । सुनसरीको धरान महिला फुटबल क्लबलाई मंगलबार १–० ले हराउँदै कनकाई च्याम्पियन बनेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनलका खेलको अन्तिम मिनेटमा कप्तान लक्ष्मी श्रेष्ठले हेडमार्फत गरेको गोल नै फाइनलको निर्णायक बन्यो । सरिता शर्पाले मिलाइदिएको क्रस पासलाई कनकाईकी कुसुम खतिवडाले ‘मिस’ गर्दा लक्ष्मीले गोल गर्ने अवसर पाएकी थिइन् । लक्ष्मी फाइनलको वमन्स अफ दी म्याच घोषित भइन् र उनले १ हजार रुपैयाँ प्राप्त गरिन् ।
उत्कृष्ट मिडफिल्डबाहेक सबै व्यक्तिगत उपाधि पनि कनकाईले जित्यो । कनकाईकी छत्रिका चौधरी प्रतियोगिताको उत्कृष्ट गोल किपर, खुस्मा राई उत्कृष्ट रक्षक, सरिता शेर्पा उत्कृष्ट फरवार्ड र सन्त रायमाझी उत्कृष्ट प्रशिक्षक घोषित भए । धरानकी समिक्षा राई उत्कृष्ट मिडफिल्ड चुनिइन् । उत्कृष्टले समान १ हजार रुपैयाँ प्राप्त गरे ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा भएको ‘तमू ल्होसार गोल्डकप–२०७६’ फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँमा प्राप्त गर्यो ।
विजेता र उपविजेता टोलीका खेलाडीलाई आयोजक क्लबका अध्यक्ष डिके गुरुङ, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, कांग्रेस नेता देउमान थेबेलगायतलगायतले पुरस्कार वितरण गरे । फाइनल अगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]