6 years ago
January 1, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
डेढ महिनाको निलम्बन फुकुवा पछिको पहिलो खेल । त्यो पनि लिग उपाधि दावेदार रुस्लान थ्री स्टारविरुद्ध । टोलीका लागि फ्रिकिकमा दर्शनीय गोल । २-० को जितमा उत्कृष्ट प्रदर्शन । अन्त्यमा खेलको म्यान अफ दी म्याच । अझ खेलपछि प्रशिक्षकको प्रशंसा पनि । त्रिभुवन आर्मी क्लबका मिडफिल्डर सन्तोष तामाङको फुटबलमा पुनरागमनको संक्षिप्त विवरण हो यो ।

डेढ महिना समय पढ्दा सहज होला, तर उनका लागि कम पिडादायी रहेन । थ्री स्टारविरुद्ध टोलीलाई जित दिलाउने महत्वपूर्ण भूमिका खेलाडीका मध्येका एक सन्तोषले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘ यो बीचमा नरोएको दिन थिएन । एकदमै गिल्टी फिल भएको थियो ।’
उनले थपे,‘ यो बीचमा फुटबल धेरै मिस गरे । टिमसँग जान पाएन । लिग खेल्न पाएन । त्यो घटनाबाट जिन्दगीमा ठूलो पाठ भयो ।’
अनुशासन उल्लघंनका कारण एन्फाले अन्य ३ खेलाडीसहित सन्तोषलाई निलम्बन गरेपछि सन्तोष ४५ दिनको कारवाही पूरा गर्दै आजबाट खेलमा फर्केका हुन् । उनीसँगै राष्ट्रिय टोलीका अन्य सदस्य विमल घर्ती मगर, अन्जन विष्ट र दीनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन गर्नुका साथ जनही ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । सन्तोष र अन्जनलाई ४५ दिन तथा विमल र दीनेशलाई भने ९० दिन प्रतिबन्ध लगाइएको थियो । सन्तोष र अन्जनको निलम्बन मंगलबार फुकुवा भएको हो ।

कुवेतविरुद्ध विश्वकप छनोटको खेल खेल्नका लागि भुटान जाने अघिल्लो दिन राती अबेरसम्म डिस्कोमा बसेपछि एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते टोलीका साथ भुटान जानका लागि विदाई कार्यक्रममा भाग लिन एन्फा कम्प्लेक्स पुगेका उनीहरु कारवाहीमा परेपछि घर फर्केका थिए ।
त्यसपछि उनीहरुमाथि एन्फाले मंसिर २७ गते त्यसै दिनको मितिबाट लागु हुनेगरि कारवाही सुनाएको थियो । पछि चारै जनाले कारवाही घटाउनका लागि अपिल गरेपछि एन्फाले घटना भएको कात्तिक ३० गतेबाट नै कारवाही लागुको निर्णय सुनाएका थियो । पुरानै मितिबाट कारवाहीको निर्णय भएपनि सन्तोष र अन्जनले चाँडै लिग खेल्न पाउने भएका थिए । विमल र दीनेशले भने अझै डेढ महिना कुर्नुपर्नेछ ।
कात्तिकको घटना त्यस्तो होलमा भन्ने आफूले अनुमान समेत नगरेको बताउँदै सन्तोषले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो लक्ष्यमा केन्द्रित भएर अघि बढ्न पनि सुझाव दिएका छन् ।

बुधबार थ्री स्टारविरुद्ध एउटा नायकका शैलीमा उनको पुनरागमन भएको छ । उनको उपस्थितिले आर्मीको टोलीमा सन्तुलन ल्याएको पहिलो हाफको प्रदर्शनले नै स्पष्ट पारेको थियो । आर्मीका एकमात्र क्रिएटिभ मिडफिल्डर सन्तोषको अनुपस्थितिमा सुरुवाती तीन खेलमा प्रशिक्षक नविन न्यौपानेले अन्य खेलाडीलाई उनको भूमिकामा उतारेका थिए । तर कसैले पनि उनको स्थानमा खेलेर न्याय दिन सकेनन् ।
थ्री स्टारविरुद्ध पहिलो हाफमा दवाव कायम गरेपनि गोल निस्केन । दोस्रो हाफको ५४ औं मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले दर्शनीय गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलमा अर्को कथा लेखिन बाँकी नै थियो । खेल सकिन ११ मिनेट बाँकी रहँदा सन्तोषले मैदानको बायाँ पोष्टको झन्डै २५ यार्ड टाढाबाट फ्रिकिक प्रहार गरे । थ्री स्टारका गोलकिपरले चालै नपाउँदै फ्रिकिकबाट बल गोलमा परिणत भएको थियो । गोल भएलगत्तै उनले जहाँको त्यहीं टक्क उभिएर दुवै हातले कान थुने । त्यसपछि अन्य मैदान र बेन्चका खेलाडीले उनलाई समाते । सबैले बधाई साटासाट गरेपछि पुन: उनले उभिएर आफ्नो पुरानै कान बन्द गर्ने शैली दोहोर्याए ।

सन्तोषले आफ्नो सेलिब्रेसनको दुई अर्थ लगाए । ‘मलाई काउटिन्हो एकदमै मन पर्ने भएकोले उनको कपी गरेको हुँ’ , उनले भने, ‘अर्को म फुटबलमा कमब्याक गरे भनेर दर्शकलाई सन्देश दिन चाहन्थें ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि सन्तोषबाट सोचेअनुरुपको प्रदर्शन भएको बताए । ‘हामीसँग सबै खेलाडीको विकल्प छ । तर मिडफिल्डमा बल सप्लाई गर्ने खेलाडीको कमी छ । त्यसमा सन्तोषको विकल्प हामीसँग छैन, ‘ उनले भने, ‘हामीले उनी नहुँदा कहिले भरत त कहिले नवयुगलाई प्रयोग गर्यौं, तर सन्तोषजस्तो प्रदर्शन आएन । आज सन्तोष आएपछि उनले धेरै बल सप्लाई गरे । उनको क्षमता भनेकै त्यहि हो ।’

आर्मीले आफ्नो लयमा खेल्दा जुन सुकै टोली पनि दबाबमा पर्ने आजको खेलमा पुनः प्रमाणित भएको न्यौपानेले बताए । ‘मैले पहिला देखि भन्दै आएको छु । हाम्रो बलियो पक्ष भनेकै हाम्रो गति र शारीरिक निपुणता हो,’ उनले भने, ‘हामीले यो लयलाई कायम राख्न सके जुनै टोलीसँग पनि हामी राम्रो नतिजा निकाल्न सक्छौं ।’
उता थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने सुरुवात बाट आर्मी खेलमा हावी भएको बताए । ‘आर्मीले स्तरिय प्रदर्शन गर्यो । हामी सबै पक्षमा पछि पर्यौं,’ उनले भने, ‘कप्तान विक्रम लामाको प्रतिबन्धका कारण सबै दवाव टोलीका कार्यवहाक कप्तान अनन्त तामाङलाई पर्यो । दबाब खेप्न निकै कठिन भयो । आर्मीले स्तरीय प्रदर्शन गर्यो ।’
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]