default_image

5 years ago

January 5, 2020

सावित्रा र जय सम्मानित

49 views

0 Bookmark

लमजुङ (हाम्राे खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीकी महत्वपुर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ र यु-१९ पुरुष राष्ट्रिय पुरुष फुटबल टाेलीका कप्तान जय गुरुङ आईतबार लमजुङमा सम्मानित भएका छन् ।

त्रिवेणी युथ क्लब लमजुङले २८ औं त्रिवेणी कपकाे फाईनलपछि लमजुङका खेलाडीद्वय साम्वा र जयाले नेपालकाे तर्फबाट खेल्दै देश र लमजुङलाई उचाे पारेकाे भन्दै दाेसल्ला, सम्मान पत्रले जनही १०-१० हजार रुपैयाले सम्मानित गरेकाे हाे । सम्मान कार्यक्रममा खेलाडीद्वय अनुपस्थित रहँदा उनीहरुका बुवा र आमालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र क्लबका अध्यक्ष सिजन गुरुङले सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मान कार्यक्रममा साबित्राका बुवा थम बहादेर भण्डारी र जयाका अामा बिजुली गुरुङ उपस्थित थिए । नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गाेलकर्ता समेत रहेकी सावित्रा हाल विभागीय नेपल एपीएफ क्लबबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् ।

मिडफिल्डर जय त्रिवेणी क्लबबाट नै उत्पादित खेलाडी हुन् । उनी हाल ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट शीर्षस्तरकाे लिग खेलिरहेका छन् ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.