default_image

4 years ago

January 5, 2020

प्रतिबद्ध अन्जनको पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं डेढ महिना लामो निलम्बन फुकुवा पछि मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अन्जन विष्ट सोमबार घरेलु फुटबलमा पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्ने क्रममा अनुशासन उल्लंघन गरेपछि निलम्बनमा परेका अन्जनको कारवाही पुस १४ गते सकिएको थियो । उनीसँगै त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ, विमल घर्तीमगर र दीनेश राजवंशी कारवाहीमा परेका थिए । सन्तोषले पुस […]

149 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

डेढ महिना लामो निलम्बन फुकुवा पछि मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अन्जन विष्ट सोमबार घरेलु फुटबलमा पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्ने क्रममा अनुशासन उल्लंघन गरेपछि निलम्बनमा परेका अन्जनको कारवाही पुस १४ गते सकिएको थियो । उनीसँगै त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ, विमल घर्तीमगर र दीनेश राजवंशी कारवाहीमा परेका थिए ।

सन्तोषले पुस १४ मा रुस्लान थ्री स्टार क्लबविरुद्धको खेलमार्फत यादगार पुनरागमन गरिसकेका छन् । सन्तोष र अन्जनलाई डेढ महिनाको निलम्बन भएको थियो । विमल र दीनेशको हकमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले ९० दिनको निलम्बन गरेको छ । एन्फाले चारै जनालाई ५० हजार जरिवाना पनि तोकेको थियो ।

लिगको ४ चरणको समाप्तीमा १० अंक सहित मनाङ लिगको शीर्षस्थानमा छ । मनाङले सोमबार दिउँसो ३ः०० बजे लिगको दावेदारका रुपमा हेरिएको अर्को टोली मछिन्द्र क्लबको सामना गर्दा अन्जन पहिलो रोजाईमा पर्ने निश्चितप्राय छ । अन्जनले पहिला भन्दा पनि फुटबल प्रति अझै प्रतिबद्ध भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘मैले यो डेढ महिना फुटबल कति मिस गरे शब्दमा भन्न कठिन छ । तर, आफ्नै गल्तिका कारण यो सबै भएको भन्ने थाहा छ’, उनले भने, ‘त्यसले अब गल्तिबाट पाठ सिक्दै अघि बढ्ने प्रतिबद्धता आफैसँग गरेको छु । पहिला भन्दा अझै बढी राम्रो खेल्नु पर्छ भन्ने अठोट छ । ’

सन्तोषले पुनरागमन गरेकै खेलमा उत्कृष्ट प्रदर्शन गरेकोले अझै त्यसले झनै प्रोत्साहन मिलेको अन्जनले सुनाए । ‘सन्तोष दाईको त्यो प्रदर्शन देख्दा खुसी लाग्यो’ , उनले थपे, ‘सँगै कारवाही गरेको दाईले त्यो प्रदर्शन गर्दा आफुलाई पनि उर्जा मिलेको छ । मैदानमा शतप्रतिशत दिन म पनि तयार छु ।’

कारवाहीमा परेको सुरुवातका केहि दिन निकै कठिन भएको स्मरण गर्दै उनले अगाडि भने, ‘हामीसँग दुईवटा विकल्प थियो । कि पछुताएर बस्ने । कि त त्यसबाट पाठ सिकेर अघि बढ्ने । हामीले दोस्रो बाटो उपयुक्त सम्झियौं । मैले यो अवधिमा नियमित प्रशिक्षण गरे । आफुलाई मैदान फर्कनका लागि तयार अवस्थामा राख्ने प्रयास गरें ।’

कुवेतसँगको खेल गुमाउनु परेका अन्जनले गत महिना स्वदेशमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टोलीबाट बाहिरिनु पर्यो । लिगमा मनाङका ४ खेल गुमाउनु परेको थियो । यो बीचमा धेरै खेल मैदान बाहिर रहनु पर्यो । अन्जन नहुँदा मनाङले अपराजित यात्रा कायमै राख्यो तर आक्रमणमा भने केहि कमजोर थियो । अब अन्जनको पुनरागमनले जगजित श्रेष्ठ र विमल रानालाई थप सघाउ पुग्नेछ । उनको स्थानमा जीवन गुरुङ र उमेश राई खेल्दै आएपनि उल्लेख प्रदर्शन हुन सकेको थिएन ।

‘मैदान बाहिर बसेर खेल हेर्दा म त्यहाँ भएको भए यसरी खेल्थे भन्ने हुने रहेछ’, उनले सम्झिए, ‘तर, परिस्थिति यस्तो बन्यो कि चाहेर पनि केहि गर्न नसकिने रहेछ । आफ्नै कारण यो दिन आयो, जीवनमा ठूलो पाठ मिलेको छ । आउने दिनमा यस्तो गल्ति नदोहोराउन आफैसँग दृढ सकल्प गरेको छु ।’

जति कालो रातपछि पनि बिहान हुन्छ भन्नेमा आफुलाई पनि विश्वास रहेको उनले सुनाए । ‘कारवाहीमा परेको केहि दिन अब खेल जीवन सकियो भन्ने लागेको थियो । केहि दिन कसैको आँखामा आँखा मिलाएर कुरा गर्ने आट पनि आएन । समयले विस्तारै सहज बनायो’, उनले भने, ‘गल्ति हुन्छ । त्यसबाट सिकेर अघि बढ्नुपर्छ भनेर हौसला दिनु भयो । यो बेलामा सहयोग गर्ने सबैलाई धन्यवाद । अपिल कमिटिले पनि पुरानै मितिबाट कारवाही लागु गरिदिएर हामीलाई फर्कने वातावरण बनाइदिनुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’

मैदान फर्कनका लागि उत्साह हुनु स्वभाविक भएको जनाउँदै उनले भने, ‘मैदानमा फर्कंदा चुनौति हुन्छ । म त्यसका लागि तयार छु । डेढ महिनामा कहिले खेल्न पाउँछु र आफुलाई फेरि प्रमाणित गर्न पाउँछु भएको थियो । अब दिन आएको छ ।’

नेपालले विश्व कप छनोटमा ५ खेल खेलिसकेको छ । अब बाँकी ३ खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले ५ खेलमा चाइनिज ताइपेलाई २–० ले जित्नुबाहेक सबै खेलमा हारेको थियो । विश्वकप छनोटमा एकमात्र जित हासिल गर्दाका दुवै गोल अन्जनकै नाममा छ ।

अन्जन राष्ट्रिय टोली फर्कन हर सम्भव प्रयास गर्ने बताउँछन् । ‘अहिलेको लक्ष्य भनेको टोलीमा फर्केर टोलीलाई जित दिलाउनेमा केन्द्रित छु’, उनले भने, ‘राम्रो गर्दै जाँदा राष्ट्रिय टोलीमा पुनरागमन गर्न पनि सहज हुनेछ भन्ने विश्वास छ ।’

एन्फाले मंसिर को २७ गते निलम्बनको निर्णाय सुनाएपछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । पछि अपिल कमिटिले कात्तिक ३० गतेबाट कारवाही लागु गर्ने निर्णय गरेपछि उनीहरुको निलम्बन पुस १४ मा फुकेको थियो ।

विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए ।

अन्जनसँगै निलम्बन पूरा गरेर आर्मीका लागि पहिलो पुनरागमन खेलमा नै म्यान अफ द म्याच भएका सन्तोष तामाङ भन्छन्, ‘ नरोएको दिनै थिएन’

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.