5 years ago
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको दोस्रो दिन आज (मंगलबार) एक खेल मात्रै हुदैछ । दिनको एकमात्र खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगको चार राउन्डको खेल सकिँदा दुवै टोलीले जित निकाल्न सकेको छैन । त्यसैले दुवै टोली जितको लक्ष्यमा मैदान उत्रदै ३ अंक जोड्ने योजनामा हुनेछ । दुई खेल बराबरी खेलेको शेर्पा २ अंकसहित १२औं स्थानमा छ ।
फ्रेन्ड्स एक बराबरी र तीन हारसहित १ अंक जोडेर १३औं स्थानमा छ । फ्रेन्ड्सले चौथो चरणमा आएर अंक र गोलको खाता खोलेको हो । शेर्पाले लिग लिडर मनाङलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
मनाङलाई बराबरीमा रोकेर हौसिएको फ्रेन्ड्स उच्च मनोबलका साथ शेर्पाविरुद्ध मैदानमा उत्रनेछ । ब्राजिली खेलाडीले आशातित प्रदर्शन गर्न नसक्नु फ्रेन्ड्सको कमजोरी हो । लिगको सुरुवाती खेलमा आर्मीसँग २–१ ले पराजित भएको फ्रेण्ड्स त्यसपछि ब्रिगेड ब्वाईज क्लब (बीबीसी) सँग २–० ले तथा मछिन्द्रसँग ३–० ले पराजित भएको थियो ।
यता, शेर्पा पनि फ्रेण्ड्सलाई पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । मुख्य दुई डिफेन्डर निरज बस्नेत र आशिष गुरुङविनै शेर्पा फ्रेन्ड्सविरुद्ध मैदानमा उत्रने छ । उनीहरुको अभाव खड्कन सक्नेछ । निरोज रातो कार्डका कारण एक खेलको तथा आशिष दोहोरो पहेँलो कार्डका कारण एक खेलको प्रतिबन्धमा छन् । निरजले बीबीसँगको खेलमा अन्तिम समयमा दोहोरो पहेँलो कार्डसहति रातो कार्ड खाएका थिए ।
फ्रेन्डसले पुलिस क्लबसँग गोलरहित र अर्काे विभागीय टोली एपीएफसँग १–१ गोलको बराबरी खेल्दा आर्मीसँग २–० ले तथा बीबीसीसँग १–० ले पराजित भएको थियो ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]