5 years ago
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा मंगलबार स्मृति बोर्डिङ स्कुल, बार्चुली मावि, जनज्योति पब्लिक स्कुल र महादेव मावि विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा स्मृतिले नेपालय इङ्लिस पब्लिक स्कुलाई ४–१ ले हरायो ।
स्मृतिका लागि सबै ४ गोल अर्विना पौडेलले गरिन् । १७ मिनेटमा पहिलो गोल गरेकी अर्विनाले २८ औं र ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । निर्धारित ७० मिनेट खेलको इन्जुरी समयमा उनले अर्को गोल थपेकी थिइन् । खेलको एक आत्मघाती गोल पनि अर्विनाकै नाममा रह्यो ।
अर्को खेलमा बार्चुलीले छहारी सैनिक सदनलाई २–१ ले हरायो । रजनी घर्तिमगरले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । सलिना थारुको गोलमा बार्चुलीले २६ औं मिनेटमा अग्रता लिएपनि रविना सुवेदीले छहारीका लागि ३६ औं मिनेटमा बराबरी गोल गरेकी थिइन् ।
दिक्षा चन्दले ह्याट्रिक गरेको खेलमा जन ज्योतिले एसएमडीमाथि ५–० को जित हासिल गर्यो । ३० औं मिनेटमा पहिलो गोल गरेकी दिक्षाले ५६ औंमा दोस्रो र ६८ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन् । अन्जली चौधरी र पवित्रा चौधरीले समान १ गोल गरे ।
हेमा राउत, सपना, पुष्पाकुमारी विष्ट र प्रतिक्षा चौधरीको गोलमा माधव स्कुलले एकता जेम्सलाई ४–० ले पराजित गरेको थियो । ७ प्रदेशबाट छनोट भइआएका विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । छात्रातर्फको अन्तिम चरण भने यसअघि नै सम्पन्न भइसकेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]