default_image

4 years ago

January 9, 2020

कारवाओ कप: लेस्टर र भिल्ला बराबर

एजेन्सी – लेस्टर सिटी र एस्टन भिल्लाले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् ।  किङ पावर स्टेडियममा बुधबार राति भिल्लाले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए । खेलको २८औं मिनेटमा अनवर इल […]

51 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी र एस्टन भिल्लाले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् । 

किङ पावर स्टेडियममा बुधबार राति भिल्लाले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए । खेलको २८औं मिनेटमा अनवर इल घाँजीको पासमा फेडरिकले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए ।

पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा बराबरी गोल फर्काउन सफल भयो ।  ७४औं मिनेटमा केलिचीले जेमी भार्डीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

अब दोस्रो लेग भिल्लाको मैदानमा २९ जनवरीमा हुनेछ । लेस्टरलाई अघि बढ्न दोस्रो लेगमा कम्तीमा पनि १–० को जित आवश्यक छ । भिल्लालाई बराबरी नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

यसअघि मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.