default_image

4 years ago

January 9, 2020

संकटाको जित, दबाबमा एपिएफ

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ ले हराएको छ । पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ । […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ ले हराएको छ ।

पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ । संकटाका लागि अजयी मार्टिन्सले २ तथा लक्ष्मण रुचाल र कर्ण लिम्बुले गोल गरेका थिए । एपिएफका लागि नवीन लामा र आशिष लामाले गोल गरेका थिए ।

संकटाले एपिएफविरुद्ध पहिलो हाफमै २–० को अग्रता लिएको थियो । लक्ष्मण रुचालले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले भन्डै ३५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए । ४४ औं मिनेटमा कर्ण लिम्बुले अन्तरलाई दोब्बर पारे ।

५३ औं मिनेटमा अजायी मार्टिनले गोल गरेपछि संकटाको अग्रता ३–० बनेको थियो । सुवास गुरुङको क्रसमा विपक्षी गोलकिपर अमृत चौधरीले पन्चगरेपछि पोष्ट नजिक रहेका मार्टिन्सले गोल गरेका थिए ।

जारी लिगको हाइ स्कोरिङ खेलमा एपिएफका नवीन लामाले गोल पेनाल्टीमा गोल गर्दै अन्तरलाई घटाएका थिए । ७२ औं मिनेटमा एपिएफका आशिष लामाले गोल फर्काएपछि खेल थप रोचक बनेको थियो । पेनाल्टी बक्स बाहिरबाट उनले गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । आशिषको प्रहारमा संकटाका गोलकिपर विनय श्रेष्ठले रोक्ने कुनै मौका पाएनन् ।

खेल सकिन २ मिनेट बाँकी रहँदा मार्टिन्सले अर्को गोल थपेपछि संकटाको जित निश्चित बनेको थियो । मार्टिन्सको प्रहारलाई गोलकपिर अमृतले रोक्ने प्रयास गरेपछि सफल भएनन् ।

दशरथ रंगशालामा दिउँसो ३ः०० बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबको सामना गर्नेछ । सरस्वतीलाई हराउन सके आर्मी अंक तालिको शीर्षस्थनमा उक्लनेछ । त्यो खेल लिगको पाँचौं चरणअन्तर्गतको अन्तिम खेल पनि हो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.