5 years ago
January 12, 2020
एजेन्सी – युवा फरवार्ड मार्कुस रासफोर्डको दुई गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा नर्विच सिटीमाथि ४–० को फराकिलो जित निकालेको हो ।
घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडको सहज जितमा एन्थोनी मार्सियल र मासान ग्रीनवुडले समान १–१ गोल थपे । युनाइटेडले पहिलो हाफमा १ गोल मात्रै गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफिल भएको थियो ।
२७औं मिनेटमा हुवान माटाको पासमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५२औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै म्यानचेस्टरको अग्रता दोब्बर पारे । ब्रान्डन विलियम्सलाई गोलरक्षक टिम क्रुलले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीलाई रासफोर्डले कुनै गल्ती गरेनन् ।
त्यसको दुई मिनेटपछि एन्थोनी मार्सियलले हुवान माटाको पासमा गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७६औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडको जित पक्का गरे ।
जितसँगै म्यानचेस्टर २२ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित नर्विच १४ अंकसहित पुछारमा छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]