default_image

5 years ago

January 13, 2020

पुलिस र एनआरटी एकअर्काको सामना गर्दै

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणमा अब ३ खेल मात्र बाँकी छन् । त्यसमध्ये दशरथ रंगशालामा आज हुँदैछन् । पहिलो खेल नेपाल पुलिस क्लबल र न्यूरोड टिम (एनआरटी) बीच दिउँसो १२ बजे सुरु हुनेछ ।

पुलिस ८ अंकसहित छैटौं स्थानमा छ भने नवौ स्थानको एनआरटीको ५ अंक छ । एनआरटीले ५ खेलमा २ जित र १ बराबरका साथ ७ अंक जोडेपछि गत वर्ष लिगको पुछारमा रहेका कारण यस वर्ष टोलीको खाताबाट २ खेल घटाइएको छ । २ खेलमा भने टोलीले हार बेहोरेको छ ।

अर्को तिर पुलिसले ५ मध्ये २ खेलमा जित २ बराबरी खेलेको छ भने १ खेलमा हार बेहोरेको थियो । एनआरटीलाई हराउन सके पुलिस रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै चौथो स्थानमा उक्लनेछ । थ्री स्टारको खातामा अहिले १० अंक छ । थ्री स्टार आइतबार एनआइबिएल फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भएको थियो ।

एनआरटीको दाउ पनि पुलिसलाई हराउँदै छैटौं स्थानमा पुग्ने हुनेछ । पुलिसले एकपछि अर्को खेलमा क्रमश प्रदर्शनमा सुधार ल्याइरहेको छ । पछिल्लो खेलमा च्यासल क्लबसँग २–२ को बराबरी खेलेपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले टोलीको प्रदर्शनमा सुधार आइरहेको र अझै सुधार गर्नुपर्ने ठाँउ रहेको बताएका थिए ।

जारी लिगमा पुलिस थ्री स्टारसँग पराजित भएको थियो । सरस्वती युथ क्लब र संकटालाई हराएको पुलिसले च्यासल र यति हिमालयन शेर्पासँग बराबरी खेलेको थियो ।

सरस्वतीलाई ४–० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको एनआरटीले च्यासललाई हराउँदै दोस्रो जित गर्दा गराएको थियो । जावलाखेल युथ क्लबलसँग गोलरहित बराबरी खेलेको टोलीले संकटा र मछिन्द्रसँगको खेल समान १–० ले गुमाएको थियो ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.