default_image

5 years ago

January 13, 2020

एन्फा महासचिव तुलाधरको अवस्था सामान्य !

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– केहि दिन देखि अस्वस्थ रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरको मुटुको शल्यक्रिया गरिएको छ ।

ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आइतबार साँझ ५ बजेको आसपासमा गरिएको सफलतापूर्वक शल्यक्रिया भएको क्लबका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकारले जानकारी दिए ।

‘केहि दिन देखि असहज महसुस गरेर घरमै आराम गरिराख्नु भएको थियो । हिजो अलि गाह्रो भएपछि गंगालाल पु¥यायौं,’ हिजै अस्पतालमा तुलाधरलाई भेटेका सिख्राकारले भने,‘ मुटुको एउटा भल्भ बन्द भएको पाइयो । तत्काल शल्यक्रिया भयो । अहिले सिसियूमा हुनुहुन्छ । कम्तिमा ७२ घन्टा त्यहि राख्ने चिकित्सकहरुले बताउँनुभएको छ । त्यसपछिको सुधार हेरर घर पठाउन सक्छ । अहिले अवस्था सामान्य छ ।’

तुलाधर पछिल्लो पटक पुस १२ गते पुनः संकटाको अध्यक्षमा निर्वाचित भएका थिए । अघिल्लो कार्यसमितिको समयमा एन्फामा प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेको तुलाधर झन्डै दुई वर्षअघि एन्फाको महासचिव नियुक्त भएका थिए ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.