default_image

5 years ago

January 13, 2020

राष्ट्रिय मेयर कप फुटबल माघमा हुने

65 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङमा अर्को महिना खुल्ला नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघको संयोजनमा माघ १६ गतेदेखि २२ गतेसम्म मेयर कप फुटबल हुने सोमबार पत्रकारमार्फत जानकारी गराइयो ।

स्थानिय तहको निर्वाचनपछि पहिलो वर्षबाट सुरु गरिएको प्रतियोगिता गतवर्ष नभएपनि यस वर्ष पुनः आयोजना आयोजना गर्न लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए ।

मेयर पौडेलले प्रतियोगितामा देशभरका नगरपालिकाहरु र उपमहानगरपालिकाहरुले भाग लिन सक्ने उल्लेख गर्दै स्थानिय तहको सिफारिसमा राष्ट्रिय खेलाडीलाई पनि टोलीमा समावेश गर्न पाउने बताए । पौडेलले बागलुङ जिल्लालाई खेलकुद तथा पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।

शहिद दिवसको दिनमा मेयरकपको सुरुवात गर्न लागिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने लक्ष्य रहेको मेयर पौडेलले बताए । प्रतियोगितामा झन्डै २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा १२ देखि २० टोलीको सहभागिता रहने अपैषा गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए ।पुरस्कार राशीमा पनि विगतमा भन्दा बृद्धि गरिएको छ । यसपटक विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख तथा सेमिफाइनल पुग्ने टोलीले समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागत तर्फका उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका म्यान अफ दि म्याचले २ हजार रुपैयाँ पाउनेछन् ।

नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता आयोजना गरेको थियो । त्यति बेला पोखरा उप महानगरपालिकालाई हराउँदै स्याङ्जाको वालिङ नगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति पनि गठन भएका छन् ।

मैदान व्यवस्थापन संयोजकमा राजकुमार शर्मा, प्रचारप्रसार संयोजकमा सुर्य लामिछाने, झाँकी तथा सांस्कृतिक कार्यक्रम संयोजकमा जय राजभण्डारी, प्राथमिक उपचार संयोजकमा लोक बहादुर खड्का, रेफ्रि र कमिशनरमा विकास थापा, खाजा व्यवस्थापनमा रुविना श्रेष्ठ थापा, खेलाडी व्यवस्थापनमा प्रकाश शर्मा छन् ।

त्यस्तै मञ्च र स्टल व्यवस्थापनमा राहुल बोहरा, टिकट र निमन्त्रणा संयोजकमा सुरज खड्का, पुरस्कार र मायाको चिनो संयोजकमा भानु आचार्य, उद्घाटन र समापन समारोह संयोजकमा रेशम गोतामे, सम्मान तथा सुरक्षा संयोजकमा राम शर्मा र स्वर्यसेवक स्रयोजकमा राजकुमार बोसेल छन् ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.