default_image

4 years ago

January 14, 2020

१० खेलाडीमा सिमित आर्मी संकटासँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले अग्रता जोगाउन नसक्दा कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगमा मंगलबार संकटा क्लबसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ आर्मीका लागि सुखद रहेन । ५२ औं मिनेटमा १० खेलाडीमा सिमित हुनुप¥यो । टोलीले गोल खानुपर्यो । मैदान प्रवेश गरेको केहि समयमै कप्तान भरत […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले अग्रता जोगाउन नसक्दा कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगमा मंगलबार संकटा क्लबसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ आर्मीका लागि सुखद रहेन ।

५२ औं मिनेटमा १० खेलाडीमा सिमित हुनुप¥यो । टोलीले गोल खानुपर्यो । मैदान प्रवेश गरेको केहि समयमै कप्तान भरत खवास घाइते भए । पहिलो हाफमा नवयुग श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको थियो ।

२९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई नवयुगले हेडमार्फत गोलमा परिणत गरेका थिए । ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा सिमित भयो । युद्ध शाहीले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि आर्मीमा १ खेलाडी कम भयो ।

५५ औं मिनेटमा आर्मीले गोलको सामना ग¥यो । पेनाल्टी बक्समा बल सुमन अर्यालले ह्यान्ड गरेपछि संकटाले पेनाल्टी पाएको थियो । अमित तामाङले पेनाल्टीमा बराबरी गोल गरे । ८० औं मिनेटमा गोलकर्ता नवयुगको ठाँउमा मैदान प्रवेश गरेको केहि क्षणमै भरत घाइते भएका थिए ।

सानमिगेल मछिन्द्र क्लबलाई २ अंकले पछाडि पार्ने मौका आर्मीले गुमाएको छ । बराबरीपछि आर्मी र मछिन्द्रको समान १३ अंक भएको छ । आर्मीको बराबरीले मछिन्द्र, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्री स्टारलाई फाइदा पुगेको छ ।

छैटौं चरणको समाप्तीमा आर्मी र मछिन्द्रको समान १३ अंक, मनाङको १२ र थ्री स्टारको १० अंक छ । समान अंक भएपछि मछिन्द्र शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा यथावत रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.