default_image

4 years ago

January 18, 2020

नेयमार पीएसजीमै!

एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले पीएसजी मै रहने प्रतिबद्धता गरेका छन् । विश्वका महँगा फुटबलर नेयमारले गत समरमा पीएसजी छाड्दै स्पेनिस क्लब बार्सिलोना जाने मनसायमा पुगेपनि दुई क्लबबीच छलफलमा कुरा नमिल्दा उनी पीएसजीमै रहेका थिए । तर, उनले अबको सिजन पीएसजीमा रहने प्रतिबद्धता व्यक्त […]

112 views

0 Bookmark

एजेन्सी – ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले पीएसजी मै रहने प्रतिबद्धता गरेका छन् ।

विश्वका महँगा फुटबलर नेयमारले गत समरमा पीएसजी छाड्दै स्पेनिस क्लब बार्सिलोना जाने मनसायमा पुगेपनि दुई क्लबबीच छलफलमा कुरा नमिल्दा उनी पीएसजीमै रहेका थिए । तर, उनले अबको सिजन पीएसजीमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेयमारले पीएसजीमै रहने प्रतिबद्धता व्यक्त गरेपनि उनको नयाँ सम्झौताबारे क्लबको च्याम्पियन्स लिगको अबको यात्राले तय गर्नेछ । नेयमारको बार्सिलोनामा फर्कने चाहनाको बारेमा निरन्तर कडा अनुमानको बाबजुत पीएसजी उनलाई लामो करारमा राख्ने सम्भावनाप्रति आशावादी छ । तर, यो निर्णय अप्रिल वा मे पछि मात्रै हुनेछ । अहिले टेबलमा कुनै सम्झौता छैन ।

इएसपिएनका अनुसार पीएसजीले नेयमारलाई फ्रान्समै राख्न चहान्छ । तर, लिग च्याम्पियनले च्याम्पियन्स लिगको प्रदर्शनपछि निर्णय बदल्न सक्नेछ । पीएसजीले नेयमारलाई २०१७ मा च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट क्लबमा अनुबन्ध गरेको थियो । पीएसजी दुवै संस्करणमो प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन ।

यो सिजन अपराजित रहँदै रियल म्याड्रिड रहेको समूह ‘ए’ बाट समूह विजेता बन्दै अघि बढेको पीएसजीले नकआउटमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डसँग फेब्रुअरी १९ मा पहिलो लेग खेल्दैछ । दोस्रो लेग १२ मार्चमा घरेलु मैदानमा हुनेछ ।

पछिल्लो समय क्लब र नेयमारबीच राम्रो सम्बन्ध रहेको बुझिएको छ । २७ वर्षे नेयमारले पेरिसमा राम्रो महसुस गरिरहेका छन् । लगतार चोटसँग जुधिरहने नेयमारले पीएसजीमा २०१७ देखि हालसम्म ४९ खेलमा ४५ गोल गरेका छन् । यो सिजन पीएसजीमा नेयमारले १२ खेलमा ११ गोल र ५ असिस्ट दिएका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.