default_image

4 years ago

January 17, 2020

मछिन्द्रविरुद्ध शेर्पाको अप्रत्याशित अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली सानमिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा २–० को अप्रत्यासित अग्रता लिएको छ । लिगका यसअघिका ६ खेलमा एउटा पनि खेल जित्न नसकेको शेर्पाले शुक्रबार पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । विजय श्रेष्ठले २० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष टोली सानमिगेल मछिन्द्र क्लबविरुद्ध पहिलो हाफमा २–० को अप्रत्यासित अग्रता लिएको छ ।

लिगका यसअघिका ६ खेलमा एउटा पनि खेल जित्न नसकेको शेर्पाले शुक्रबार पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । विजय श्रेष्ठले २० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । निरज बस्नेतको फ्रिकिकमा विजयले हेडमार्फत गोल गरेका थिए ।

लिगको सातौं चरणको यो पहिलो खेल हो । लगातारको वर्षाका कारण एन्फाले आजको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो ।

छैटौं चरणको अन्त्यसम्ममा मछिन्द्र शीर्षस्थानमा छ भने शेर्पाले अहिले सम्म जित निकाल्न सकेको छैन । शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ । यसक्रममा टोलीले जम्मा १ गोल गर्दै ४ गोल खाएको छ ।

मछिन्द्र भने लिगमा १० गोल गर्दै सर्वाधिक गोल गर्ने टोली रहेको छ । मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ । अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ ।

लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ । मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.