default_image

4 years ago

January 18, 2020

पुलिससँग जावलाखेल पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे । २७ औं मिनेटमा सौजनले हेडमार्फत […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे ।

२७ औं मिनेटमा सौजनले हेडमार्फत गोल गरेका हुन् । मैदानमा बायाँबाट आएको फ्रिकिकमा सुमनले हेडमार्फत गोल गरेका हुन् । ५ खेल सम्म अपराजित रहेको जावलाखेलले पछिल्ला दुई खेल गुमाएको छ ।

लिगमा पुलिसको यो तेस्रो जित हो । टोलीले २ बराबरी र २ हार बेहोरेको ट । पुलिसको अंक ११ पुगेको छ । जावलाखेको २ जित र ३ बराबरीका साथ ९ अंक छ ।

आजै लिगमा उपाधि दाबेदारमध्येका दुई टोली मनाङ मस्र्याङ्दी क्ल्ब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः०० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.