default_image

4 years ago

January 18, 2020

सागका प्रशिक्षक मानन्धरलाई अन्जनको गोल समर्पण

प्रकाश तिमल्सिना, काठमाडौं नेपालले गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जित्दा अन्जन विष्ट टोलीमा थिएनन् । कारण उनीसहित ३ खेलाडी निलम्बनमा थिए । उनीहरुले गरेको अनुशासन उल्लंघनको कारवाही घोषणा नभएपनि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उनीहरुलाई टोलीमा समेटेनन् । तर अन्तत: ४५ दिनको निलम्बनपछि मैदान फर्केका अन्जनले तेस्रो खेलमा गोल गर्दा उक्त गोल […]

70 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपालले गत महिना सम्पन्न दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जित्दा अन्जन विष्ट टोलीमा थिएनन् । कारण उनीसहित ३ खेलाडी निलम्बनमा थिए । उनीहरुले गरेको अनुशासन उल्लंघनको कारवाही घोषणा नभएपनि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उनीहरुलाई टोलीमा समेटेनन् । तर अन्तत: ४५ दिनको निलम्बनपछि मैदान फर्केका अन्जनले तेस्रो खेलमा गोल गर्दा उक्त गोल सागमा स्वर्ण जित्दाका प्रशिक्षक राजेश मानन्धरलाई समर्पित गरे ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङका लागि रुस्लान थ्री स्टार क्लबविरुद्ध २–२ को बराबरीमा मनाङका लागि दुवै गोल अन्जनले नै गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । खेलपछि आफ्नो अनुभव साट्न उनी पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका थिए । त्यहाँ उनी पुरै आत्मविश्वासी रुपमा प्रस्तुत भए । आफ्नो अनुभव र अभिव्यक्ति प्रष्टसँग राखे ।

कात्तिक ३० मा उनी राष्ट्रिय टोलीसँगै भुटान यात्रामा निस्कनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेका थिए । तर, उनीसँगै विमल घर्तीमगर, सन्तोष तामाङ (साग टोलीमा थिएनन् )र दीनेश राजवंशीले टोलीसँगै भुटान यात्रा गर्न पाएनन् । मंसिर ३ गते नेपाल र कुवेतबीच हुने विश्व कप छनोटका लागि उनीहरु पनि राष्ट्रिय टोली थिए । तर, अघिल्लो रातको घटनाले उनीहरु भुटान यात्राबाट ड्रप गर्ने निर्णय सुनायो । ४ जना लगेज बोकेर घर फर्के ।

अघिल्लो राती डिस्को गएर मादक पदार्थ सवेन गर्दै अनुशासन तोडेको अभियोगमा उनीहरुलाई टोलीमा लगिएन । कारवाही त्यति मात्र भएन अन्जन र सन्तोषलाई ४५ दिन र विमल र दीनेशलाई ९० दिनको निलम्बन भएको थियो । अन्जन र सन्तोषको निलम्बन सकियो । उनीहरु घरेलु फुटबलमा फर्केका छन् । विमल र दीनेश अहिले पनि निलम्बनमा छन् ।

सन्तोषले निलम्बनपछिको आफ्नो पहिलो खेलमा नै गोल गर्दै पुनरागमनलाई दमदार बनाए । उनले त्यसबेला हरेक दिन पछुतो लागेको अनुभव पनि साटेका थिए । अन्जनले गोलका लागि तीन खेल फर्कनु पर्यो । उनले मछिन्द्रविरुद्ध पहिलो खेलमा नै असिस्ट भने दिएका थिए । संयोगवश अन्जन र दुवैले थ्री स्टारबाट पुनरामगनपछि पहिलो गोल गरे । दुवै गोल गरेको खेलमा म्यान अफ दी म्याच बने ।

यसबीचमा निलम्बनका कारण अन्जनसहित विमल र दीनेशले मंसिरमा स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) यू २३ मा नेपालले स्वर्ण पदक जित्दा उनीहरु दर्शकमा सिमित भए । तीनै खेलाडी अन्तिम टोलीमा समावेश भएपनि अन्त्यमा मुख्य प्रशिक्षक महर्जनले उनीहरुको स्थानमा अन्य खेलाडीलाई टोलीमा समेटे ।

उनीहरुका लागि खेल जीवनको त्यो सबैभन्दा पछुतो महसुस भएको समय थियो । अन्जन र सन्तोषले पटक पटक त्यो घटनाबाट पाठ सिकेको र अब यस्तो घटना नदोहोराउने वचन दिएका छन् । उनले शनिबार पनि फेरि दोहोर्याए । ‘मेरो लागि त्यो घटनाले पाठ सिकाएको छ,’ उनले भने ।

खेलपछि उनले पूर्व राष्ट्रिय खेलाडी एवं साग टोलीका सहायक प्रशिक्षक राजेश मानन्धरलाई भेटेरै अंकमाल गर्दै धन्यवाद दिए । उनले आफ्नो गोल पनि मानन्धरका लागि समर्पित गर्दै भने, ‘ यो गोल हजुरको लागि । धेरै धेरै धन्यवाद ।’ जवाफमा केहि भावुक देखिएका मानन्धरले उनलाई अंगालो हाल्दै बधाई दिए र यसलाई निरन्तरता दिन भने ।

त्यसको कारण बताउँदै अन्जनले हाम्रो खेलकुदसँग भने, ‘कसैले साथ नदिँदा पनि उहाँले (राजेश मानन्धर) हौसला बढाउनु भएको थियो । नआत्तिनु । खेल जीवनमा उतार चढाव आउँछ भन्नुभयो । त्यो हौसला र वचन मैले बिर्सेको छैन । त्यस्तो बेला कसैले साथ दिँदा पनि ठूलो आधार हुने रहेछ । खेलाडी संघको अध्यक्ष भएका नाताले पनि उहाँले त्यो गर्नुभएको होला । अपिलको बेलामा पनि सहयोग गर्नुभयो । त्यसले मलाई ठूलो हौसला मिलेको थिए । त्यसैले भेटेर धन्यवाद पनि भने । ‘

शनिबार खेलमा थ्री स्टारले पहिलो हाफमा अग्रता लिएको थियो । ४९ औं मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६७ औं मिनेटमा उनले अर्को गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, थ्री स्टारबाट डेब्यू गरेका भारतीय खेलाडीले लालरम्मावियाले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

दोस्रो गोलले आफै सप्राइज भएको पनि अन्जनले सुनाए । कप्तान कमल श्रेष्ठको फ्रिकिकमा पेनाल्टी बक्स भित्र रहेका अन्जनले हेड गरे । उनको प्रहार पहिलो सेकेन्ड बारको इन्साइड एजमा लागेर फस्ट बार तिर पुगेर गोलमा परिणत भयो । ‘मैले हेड गरे । पोलमा लागे देखे । मैले सोचे त्यो बल बाहिर गयो । बल देखिन,’ उनले सम्झिए, ‘पछि साथीहरुले गोल गोल भने पछि म त सप्राइज नै भए ।’

त्यो गोल थ्री स्टारविरुद्ध अग्रता लिएको गोल भएकाले पनि मनाङका खेलाडीले समान्यतया भन्दा लामो समय सेलिब्रेसन गरे । फोटो पत्रकारहरुको अगाडि पुगेर समूहमा फोटो सेसन समेत गर्न भ्याए । अन्जनले चार महिना भन्दा लामो समयपछि गोल गरेका हुन् । विश्वकप छनोटअन्तर्गत भदौ २४ गते चाइनिज ताइपेविरुद्ध २–० को जितमा दुवै गोल अन्जन गरेका थिए ।

त्यसपछि उनले शनिबार पहिलो पटक गोल गरेका हुन् । यसपटक नेपालले खेलका ५ खेलमध्ये राष्ट्रिय टोलीका लागि गोल गर्ने अन्जन एक्लो खेलाडी हुन् । विश्वकप छनोटमा नेपालले १६ गोल खाइसकेको छ । अन्जनले आफैले पनि पहिला भन्दा अझै प्रतिबद्ध र शसक्त रुपमा मैदानमा फर्कने दृढता प्रकट गरेका थिए ।

थ्री स्टारसँगको खेलमा त्यसको सुरुवातको रुपमा आफुले लिएको सुनाए । ‘धेरै पछि गोल गरे । यो दिनका लागि मैले मेहेनत गरेको थिए । गोल नहुँदासम्म मनमा एक किसिमको उकुसमुकुस थियो ,’ उनले भने, ‘मैले खेल जीवनमा लामो यात्रा तय गर्नुछ । सायद नयाँ यात्राको यो सुरुवातको संकेत हुन सक्छ । अब पछाडि फर्केर होइन, उत्साहका साथ अघि बढ्ने हो । त्यसैको प्रयासमा यो प्रदर्शन गरिरहेको छु ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.