default_image

4 years ago

January 22, 2020

अगुइरोको निर्णायक गोलमा सिटीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ । सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा […]

35 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ । सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।

ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा सिटी अग्रता लिनबाट चुकेको थियो । खेल भर नै घरेलु टोली सेफिल्डलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको आठौं मिनेटमा जिनचेन्कोको कर्नरमा रोड्रीको बक्स बाहिरको प्रहार बारमा लागेर बाहिरिदा सिटी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा रहिम स्ट्रलिङको प्रहार सेफिल्डका गोलरक्षक डिन हेन्डरसनले बचाए ।  ३६औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । क्रिस वासामले रियाद महारेजलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जेसस चुकेका थिए ।

६३औं मिनेटमा वासामको पासमा म्याक ब्रुनको प्रहार सिटीका गोलरक्षक इडर्सन मोरेसले मुस्किलले बचाए । ७३औं मिनेटमा म्याकब्रुनले अर्काे मौका गुमाउदा सोही मिनेटमा अगुइरोले काउन्टर एट्याकमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए ।

केभिन डि ब्रुयनको पासमा सब्सिच्युट अगुइरोले गोल गर्न सफल भएका थिए । उनी खेलको ६७औं मिनेटमा जेससको स्थानमा मैद्यान प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो ।

जितपछि सिटी २४ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित सेफिल्ड ३३ अंक जोडेर सातौ स्थानमा रहेको छ । सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलभन्दा १३ अंकले पछि छ । सिटी तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले माथि छ ।

अन्य नतिजा
बर्नमाउथविरुद्ध ब्राइटन (–१)
एस्टन भिल्लाविरुद्ध वाट्फोर्ड (–१)
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन (०–)
एभर्टनविरुद्ध न्यु क्यासल (२–२)

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.