default_image

4 years ago

January 23, 2020

रोनाल्डोको गोलसँगै युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी – इटालियन महाररथी युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।   युभेन्ट्सको जितमा रोनाल्डोसँगै रोड्रिगो बेन्टानकर र लियोनार्दाे बोनुचीले गोल गरे । रोमाले आत्मघाती गोल उपहार पाएको थियो । घरेलु मैदानमा खेलको २६औं मिनेटमा गोन्जालो हिगुआइनको […]

39 views

0 Bookmark

एजेन्सी – इटालियन महाररथी युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

 

युभेन्ट्सको जितमा रोनाल्डोसँगै रोड्रिगो बेन्टानकर र लियोनार्दाे बोनुचीले गोल गरे । रोमाले आत्मघाती गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा खेलको २६औं मिनेटमा गोन्जालो हिगुआइनको क्रस पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ३८औं मिनेटमा रोड्रिगो बेन्टनकरले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रतासहित सहज जिततर्फ अघि बढाए । दोस्रो हाफमा आत्मघाती गोलसँगै रोमा खेलमा फर्कने संकेत गर्‍यो । ५०औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र युभेन्ट्स ३– १ ले विजयी भयो । अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग फाइन्ल प्रवेशका लागि खेल्नेछ । अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर र फियोरेन्टिाबीचको विजेतासँग खेल्नेछ ।

नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइन्लमा स्थन सुरक्षित गरेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.