default_image

4 years ago

January 25, 2020

फ्रेन्ड्समाथि संकटाको जित

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा १-० ले विजयी रहयो । फ्रेन्ड्सले सुरुवाती समयमा संकटामाथि दवाव बनाएपनि पोस्टमा बलियो आक्रमण गर्न सकेन । खेलको २४ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा १-० ले विजयी रहयो ।

फ्रेन्ड्सले सुरुवाती समयमा संकटामाथि दवाव बनाएपनि पोस्टमा बलियो आक्रमण गर्न सकेन । खेलको २४ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनको प्रहार आकासियो । ३० औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिकमा वाग्नर डे कार्मोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा संकटाले सुधारिएको प्रदर्शन गर्यो । ४७ औं मिनेटमा अमित तामाङको क्रसमा कर्ण लिम्बुको ब्याकहिल प्रहार पोस्टभन्दा केहि बाहिर गयो । ५५ औं मिनेटमा लक्ष्मण रुचालले २५ यार्ड टाढाबाट प्रहार गरेको सट पोस्टभन्दा माथि गयो ।

खेलको ६४ औं मिनेटमा संकटाले अजायी मार्टिन्स कायोदेको गोलमा अन्तत: अग्रता लियो । सुवास गुरुङले बायाँ विंगको कर्नर नजिकबाट प्रहार गरेको फ्रिकिकमा अजायीले हेडर मार्फत गोल गरेका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा संकटा विजयी भएको हो ।

यस जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । संकटाले ८ खेलमा ३ जित, ३ बराबरी र २ हार बेहोरेको छ । पाँचौ स्थानमा एनआरटि, जावलाखेल र संकटाको समान १२-१२ अंक रहेको छ । फ्रेन्ड्स भने ८ खेलमा ८ अंकसहित ११ औं स्थानमा सिमित छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.