default_image

4 years ago

January 27, 2020

‘उपाधि दौडबाट बाहिरियौं’ – थ्री स्टार प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली उपाधि दौडबाट बाहिरिएको र अबको लक्ष्य भनेको शीर्ष ६ मा पर्नु रहेको बताएका छन् । सानमिगेल मछिन्द्र क्लबसँग सोमबार २–० को हार पछि प्रशिक्षक केसीले भने,‘ अब टाइटल रेसबाट छुट्यौं । अबको लक्ष्य शीर्ष ६ मा पर्नको लागि प्रयास गर्ने हो । ’ […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली उपाधि दौडबाट बाहिरिएको र अबको लक्ष्य भनेको शीर्ष ६ मा पर्नु रहेको बताएका छन् ।

सानमिगेल मछिन्द्र क्लबसँग सोमबार २–० को हार पछि प्रशिक्षक केसीले भने,‘ अब टाइटल रेसबाट छुट्यौं । अबको लक्ष्य शीर्ष ६ मा पर्नको लागि प्रयास गर्ने हो । ’ अन्तिम ४ खेल बाँकी रहँदा थ्री स्टार क्लब १४ अंकसहित चौथो स्थानमा छ । थ्री स्टारलाई हराएको मछिन्द्र भने १९ अंकका साथ त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ ।

१ खेल कम खेलेको आर्मीको १७ अंक र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको १६ अंक छ । सोमबार नै अर्को विभागिय टोली नेपाल एपिएफलाई हराएको नेपाल पुलिस क्लब पाँचौं स्थानमा उक्लेको छ । पुलिसको पनि थ्री स्टार बराबर १४ अंक छ । थ्री स्टारविरुद्ध जित दिलाउन मछिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरेका थिए । हारका बावजुद पनि टोलीको प्रदर्शनबाट भने आफु सन्तुष्ट रहेको केसीले बताए ।

‘ एकदमै राम्रो खेल्यो । दुवै टिमले स्तरीय खेलेको हो । खाली सोचे जसरी स्कोर चाही हुन सकेन’, उनले भने,‘ मछिन्द्रले राम्रो मुभ बनाएर गोल गरेको होइन । यद्दपी म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु । जित हार आफ्नो पाटो छ । आजको प्रदर्शनलाई निरन्तरता दिन सक्यौं भने राम्रो नतिजाको आशा गर्न सकिन्छ ।’

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने सोचने अनुसार टोलीले प्रदर्शन गरेको बताए । ‘सोचे अनुसारको प्रदर्शन भयो । जित्ने योजना थियो । त्यसमा सफल भयौं,’ उनले थपे,‘ लिगको ९ वटा खेलमा प्रशिक्षकका रुपमा सन्तुष्ट हुने खेल थियो । टोली पनि सन्तुष्ट छ । यद्दपी अझै पनि सुधार्नुपर्ने ठाँउ छन् ।’ उनले थ्री स्टार जस्तो राम्रो टोलीलाई जित टोलीको मनोबल पनि उच्च हुने बताए ।

यद्दपी खेलाडीहरुले ठूलो क्लबसँग सर्तक र तुलनात्मक रुपमा कमजोर टोलीसँग अलि सहज लिएर खेल्ने गरेको गुनासो गरे । उनले ‘तर पनि थ्री स्टारलाई जितेर शीर्षस्थानमा उक्लेका छौं । यसले टोलीको मनोबल उच्च बनाउनेछ । ’ उनले टोलीका फरवार्ड अभिषेक रिजाललाई क्लबले माल्दिभ्स जानका लागि रिलिज दिइसकेको पनि जानकारी दिए ।

‘हामीले सल्लाहले नै उनलाई रिलिज दिएका हौं । महत्वपूर्ण खेलाडी नहुँदा दबाब त पर्छ नै,’ उनले भने,‘ तर, हामीले उसलाई रिलिज नदिएपनि उनले आफ्नो स्वभाविक प्रदर्शन दिएन भने टोलीमा हुनु र नहुनुको अर्थ हुन्न । त्यसैले सबैले सल्लाह गरेरै उनलाई खुला गरिदिएका हौं । ’

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.